हमासको आक्रमणमा मृत्यु भएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह
135 पटक पढिएको
काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ ।
सभामुख घिमिरे आज जारी गर्नु भएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो ।
सभामुख घिमिरेले विद्रोही आक्रमणमा घाइते भई स्थानीय अस्पतालमा उपचाररत नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीनको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै जीवन गुमाउनेहरूको परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।