नेपालीको संख्या उल्लेख्य भएका देशमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ: श्रममन्त्री भण्डारी
193 पटक पढिएको
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
आज मन्त्रालयमा पत्रकारसँगको भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले ति मुलुकहरुमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महशुस भएको बताउनुभयो ।
मन्त्री भण्डारीले तत्काल दूतावास खोल्ने अवस्था नभएमा ड्राइपोस्टिङ सिस्टमबाट भएपनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको पनि बताउनुभयो । त्यस्तै, विद्यमान दूतावासहरुको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उहाँले बताउनुभयो । उहाँले अप्ठ्यारो परेको अवस्थामा दूतावाससँग उद्धार गर्ने सामथ्र्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।
मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरुको समूह बनाएर काम गरिरहेको पनि बताउनुभयो ।