एजेन्सी । संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गरेका छन् ।
इजरायल र हमासबीचको युद्धको परिणामस्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उनको दावी छ । बेलायती समाचार संस्था बिबिसीलाई प्रतिक्रिया दिनेक्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाबारे चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न फेरि आह्वान गरेका छन् ।
जेरुसेलममा बोल्दै लाजारिनीले इजरायलमा हमासको आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक र बर्बर नरसंहार’ को संज्ञा दिएका छन् । तर यो घटनाले अझै पनि इजरायलले गाजामा गरिरहेको युद्धको औचित्य पुष्टि नगर्ने उनको दावी छ । गाजाको सर्वसाधारणको नरसंहार गरेर मध्यपूर्वमा शान्ति नआउने उनले बताएका छन् ।