अमेरिकी पूर्व उपराष्ट्रपति पेन्स राष्ट्रपतीय निर्वाचनबाट पछि हटे
168 पटक पढिएको
एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति माइक पेन्स आगामी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट पछि हटेका छन् । पेन्स आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिरिएका हुन् ।
हिजो लस भेगासमा रिपब्लिकन यहुदी धार्मिक मोर्चाको कार्यक्रममा पेन्सले आगामी २०२४ को राष्ट्रप्रतीय निर्वाचनको प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गरेका हुन् ।
पेन्सले यतिखेर आफ्ना लागि उपयुक्त समय नरहेको जिकिर गर्दै उम्मेदवारी घोषणा फिर्ता गरेका हुन् । यो एक गम्भीर युद्ध हुने थाहा भएपनि यतिखेर आफुलाई कुनै पछुतो नरहेको पनि पेन्सले बताएका छन् ।
पेन्सले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेको विज्ञप्तिमा आफूले यो अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइँ भने जारी नै राख्ने अठोट व्यक्त गरेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आगामी नेतृत्वका लागि दह्रो रुपमा लागिरहेकामध्ये पेन्स अभियान स्थगित गर्ने पहिलो मुख्य रिपब्लिकन उम्मेद्वार हुन् ।