तेलअभिभ । इजरायल र हमासले दुई पक्षबिच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको हो।
यसैबिच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौँ दिनमा पनि लागू हुने जनाएको समाचार एजेन्सी रोयटर्सको समाचारमा उल्लेख छ ।
हमास र इजरायलबिच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको थियो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।
यस अवधिमा युद्धविराम लागू हुन्छ। साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्। यो युद्धविरामको आज छैटौँ दिन हो ।