k|wfgdGqL k|r08nfO{ Wofgfsif{0fkq a'emfOFb} dªl;/, @* sf7df8f}F M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú laxLaf/ laxfg k|wfgdGqL lgjf; afn'jf6f/df /fli6«o :jtGq kf6L{sf sfo{jfxs ;efklt 8f]nk|;fb cof{nsf] g]t[Tjdf cfPsf] k|ltlglwn] a'emfPsf] 1fkgkq a'‰g'x'Fb} . /fli6«o :jtGq kf6L{sf] k|ltlglwd08nn] o'/f]k]nL o'lgogn] g]kfnsf] xjfO{ If]qnfO{ sfnf];"rLaf6 gx6fPsfdf g]kfn gful/s p•og k|flws/0f uDeL/ x'g'kg]{, gofF hxfh vl/b k|s/0f kf/bzL{ x'g'kg]{nufotsf ljifodf k|wfgdGqLsf] Wofgfsif{0f u/fPsf] lyof] . tl:a/ M k|bLk/fh jGt÷/f;;

ब्रेकिङ समाचार

हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको प्रधानमन्त्रीको भनाइ

By Dhading News

December 14, 2023

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।’

यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईँहरूले दिएका सुझाव महत्त्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।’