गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु

159 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको जनाएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ ।

प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। उता इजरायलका सेना प्रमुख हर्जी हेलेवीले हमाससँगको द्वन्द्व ‘अब केही महिनासम्म जारी रहने’ बताएका छन्।

मध्य गाजामा स्थल सैन्य कारबाहीको बिचमा इजरायलले मंगलबार १०० भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको जनाएको छ। गाजाको इजरायलसँग जोडिएको क्षेत्रमा बुधबार बिहान पनि ठूलो विस्फोटको आवाज सुनिएको थियो ।

इजरायलले वेस्ट बैंकको नूर शाम्स शरणार्थी शिविरमा रातभर ड्रोन आक्रमण गरेको छ, जसमा कम्तिमा छ प्यालेस्टाइनीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले यो २४ घण्टामा ३८२ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार विगत ११ हप्तादेखि जारी यो युद्धमा २० हजार ९१५ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।