काठमाडौं। ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा प्रहरीले गोली हानेर मारेको घटनामा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका अध्यक्षलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिइने भएको छ। सरकारले तोकेको सेवा सुविधामा अध्यक्षलाई राज्यमन्त्रीसरह र सदस्यलाई सचिवसरहको सेवा सुविधा दिइएको हो ।
आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजीपी० अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराई हुनुहुन्छ ।
आयोगका अध्यक्ष पौडेलले आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापतको रकम पाउनुहुनेछ भने आयोगका सदस्यलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एवम उक्त पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापत मासिक ७० हजार रूपैयाँ नै उपलब्ध गराइनेछ।
गत पुस १३ गते ललितपुर महानगरपालिका–८ बालकुमारीमा भएको घटनानको सम्बन्धमा निष्पक्ष र वस्तुगत छानबिन गर्नका लागि जाँचबुझ आयोगलाई कार्यादेश दिएको छ ।
इपीएस भाष परीक्षामा आवेदन हाल्नुपर्ने माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवामा ज्यान गएको थियो। सो घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको हो ।