विकास र समृद्धिको काममा सन्तुलन आउन नसकेको गृहमन्त्री श्रेष्ठको भनाइ

126 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता पूर्ति, विकास र आर्थिक समृद्धिको काम सन्तुलित ढङ्गले हुन नसकेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री श्रेष्ठले अहिले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेश जानबाट रोकिउन् भन्ने अहिलेको सरकारको मुख्य कार्यभार रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

अहिले नेपालको मुख्य कार्यभार आर्थिक समृद्धि रहेको बताउँदै त्यसका लागि नयाँ राजनीतिक व्यवस्था परिवर्तन गरिएको बताउनुभयो । परिवर्तनपछि जनताहरूले जुन अपेक्षा राखे त्यो मात्रामा विकास र समृद्धिको यात्रा कति अघि बढ्न सक्यो वा सकेन भन्ने सर्वाधिक महत्वको विषय रहेको बताउँदै परिवर्तनको निर्देश, जनताको आवश्यकताअनुसार विकास, समृद्धिलाई गति दिन नसकेको उल्लेख गर्नुभयो ।