प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

116 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो, त्यो हुन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको बताउँदै प्रधानमन्त्रीले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको छ भने अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेको बताउनु भयो ।

आज बिहान बसेको बैठकमा गृहमन्त्री श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थित थियो