गोकर्ण औंसीको महत्व
1059 पटक पढिएको
प्रकाश सापकोटा
गोकर्ण औंसीको या कुशे औंसी भन्नेबित्तिकै यसले हामीलाई एकैचोटी दुइटा कुराहरुको सम्झना गराइदिन्छ । पहिले त यसले हिन्दू धर्महरुका लागि सबै पिताहरुका पनि परमपिताका रुपमा रहनुभएका प्रसिद्ध गोकर्णेश्वर महादेवको सम्झना गराइदिन्छ भने अर्को आफूलाई जन्मदिने इहलौकिक पिताहरुको पनि सम्झना गराइदिन्छ । अतः गोकर्ण औंसी बाबु भएका र नभएका दुबै थरिका लागि एक अत्यन्त महत्वपूर्ण पर्व सावित हुन गएको छ ।
बाबु भएकाहरु यो पर्वलाइए सामान्यतया बाबुको मुख हेर्ने दिन भनेर भन्ने गर्छन् र यो दिन उनीहरु आ–आफ्ना बाबुहरुलाई आफ्नो आट र औकातले भ्याएसम्म मीठामीठा खानेकुरा खुवाई ठूलो खातिरदारी गर्छन् । तर बाबु नभएकाहरुले भने यो पर्व अर्कै पाराले मनाउने गर्छन् । यो दिन उनीहरु आफ्ना दिवंगत पिताहरुको सम्झना गरी उनीहरुको नाममा श्राद्ध गरी ब्राम्हणलाई कृतकृतार्थ हुन्छन् ।
यो पुनित पर्वको एउटा वृहत प्रभापशाली पक्ष हो । बर्सेनि भाद्र कृष्ण औंसीको दिन काठमाण्डौँबाट करिब २० किलोमिटर पूर्वतिर पर्ने गोकर्ण तीर्थमा लाग्ने मेला यो दिन यहाँ बाबु नभएकाहरु हजारौँहजार मेला भर्न पुगेका हुन्छन् । यस मेलाको सबभन्दा ठूलो आकर्षण केन्द्र हो चन्द्रमामा र वाग्मतीको दोभानमा रहेको गोकर्णेश्वर महादेव थान । यो दिन तीर्थयात्रीहरु नुहाइधुहाई गरी गोकर्णेश्वर महादेवको दर्शन नगरेसम्म पितृ सन्तुष्टि नलाग्ने विश्वास गरिन्छ । यो जनविश्वासभित्र एउटा बहुतै गम्भीर आध्यात्मिक दर्शन लुकिराखेको पाइन्छ ।
इहलौकिक छोराछोरीहरुलाई जन्मदिने तितामानव पुरुष हुन् भन्ने यस्ता पितादेखि लिएर चराचर प्राणी लगायत जगतलाई जन्मदिने परमपूजनीय पिता हुन्, परमेश्वर । गोकर्णेश्वर महादेव कुनै परमेश्वरका एक अवतार हुन्, शिवलिङ्ग । गोकर्णेश्वरस्थित शिवलिङ्गको निकै ठूलो महिमा रहेको हामी देख्दछौँ । पुराणहरुका कथाअनुसार गोकर्णको शिवलिङ्गको स्थापना सृष्टिकर्ता ब्रम्हाजी आफैँले गरेका थिए । यस विषयक एउटा रोचक पौराणिक आख्यान यस प्रकार छ ः
एकचोटि शिवजीलाई मृगरुपधारण गरी वन–विहार गर्नेधुन चलेछ । यहि धुनमा लागेर एकदिन उनी कृगरुप धारण गरी वनविहार गर्न हिंडिहालेछन् । मृग जीवन उनलाई बडो रमाइलो लाग्छ र उनि यसैमा रमाइरहन्छन् । धेरै काल वितिसक्दा पनि उनि कैलास फर्केनन् । यसले गर्दा ब्रम्हा, विष्णु, इन्द्र लगायत सारा देवताहरुलाई ठूलो चिन्ता हुन थाल्छ । त्यसपछि एकदिन ठूलो देवसभा बस्छ । सभाले यथाशीघ्र शिवजीलाई खोजेर ल्याउने निधो गर्छ । ब्रम्हाको नेतृत्वमा दल शिवजीको खोजी गर्न निस्कन्छन् । यत्तिकैमा एउटी कुनै अदृश्य देवीको ब्रम्हाजी निर्देशित वनकुञ्जतिर लाग्छन् । तर उनी त्यहाँ पुग्दानपुग्दै सहसा उनको सामुन्ने एकदम अनौठो किसिमको एउटा बहुतै तेजिलो एकसिङ्गे मृग देखा पर्दछ । यसलाई देख्नेबित्तिकै ब्रम्हाजीले मृगरुपी शिवजीको आदेशानुसार सिङका ती तीनै टुक्रा क्रमशः स्वर्ग, मत्र्य र पातालमा स्थापित गरेका थिए । अतः गोकर्ण मृगसिङ्गे शिवलिङ्गलाई अद्यापी ब्रम्हाजी आफैँले स्थापना गरेको भनि विश्वास गरिन्छ ।
यो आख्यानमा प्रयोग गरिएको एकसिङ्गे मृगरुपधारी शिव एउटा प्रतीक मात्र हो । यसबाट परमेश्वर मूलतः एकमात्र भए पनि आवश्यता अनुसार उनि अनेकमा पनि परिणत हुनसक्दा रहेछन् भन्ने अभिप्राय पुष्टिन आउँछ; इति ।