प्रधानमन्त्रीद्वारा युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया

123 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया गर्नुभएको छ । यो क्रममा उहाँले नेपालीले उठाएका आप्रवासन समस्या चाँडै हल गर्ने आश्वासन दिदिनुभएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली संघ युगाण्डाकी अध्यक्ष रमा अर्यालले देशका प्रधानमन्त्रीलगायतका नेतासँग भेट्न पाउँदा अत्यन्तै खुशी भएको धारणा राख्नुभयो ।

कार्यक्रममा गैरआवासीय संघका संरक्षक रमेश कँडेलले युगाण्डामा ३५० भन्दा बढी नेपाली रहेको जानकारी दिनुभयो । उहाँले तीन दशकयता वर्षदेखि नेपालीले युगाण्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।