राष्ट्रियसभा निर्वाचनः मतपत्र सबै प्रदेशमा पुग्यो
168 पटक पढिएको
काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पु¥याइएको छ। निर्वाचन आयोगका अनुसार ३८ प्रकारका कुल ६ हजार ९१० मतपत्र आज सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पु¥याइएको हो। यसपटक प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ। कोसी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ।
कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ। राष्ट्रियसभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।