ब्रेकिङ समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन: मतदान जारी

By Dhading News

January 25, 2024

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २० पदमध्ये १९ पदमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । आगामी फागुन २० गतेबाट रिक्त हुँदै छ । जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ ।

राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।