राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर निर्णय गर्न हुन्न: प्रधानमन्त्री

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।

आज बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताउनुभयो।

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याउनुभयो।

उहाँले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताउनुभयो।