ब्रेकिङ समाचार

लामिछाने भारत गएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति वाग्लेलाई

By Dhading News

January 27, 2024

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डा.स्वर्णिम वाग्लेलाई दिइएको छ। पार्टी सभापति रवि लामिछाने २ दिने भारत भ्रमणमा गएपछी र्काबाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको रास्वपाले जनाएको छ।

यसअघी सभापतिको अनुपस्थीतिमा अर्का उपसभापति डिपी अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। यसपटक भने सभापतिसँगै उपसभापति अर्याल पनि भारत भ्रमणमा जाने भएकोले कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।

सभापति लामिछाने नेतृत्वको रास्वपाको टोली आज र भोलि भारतमा आयोजित एक कार्यक्रममा सहभागीता जनाउन भारत प्रस्थान गरेको हो।