पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान र पूर्वविदेशमन्त्री शाहलाई १० वर्ष कैद सजाय

206 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उहाँ आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ ९पीटीआई० ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । विश्वासको मत पाउन नसकेपछि उहाँ सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।