स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीका लागि पुनःसहायता गर्ने
127 पटक पढिएको
एजेन्सी । स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि पुनःसहायता प्रदान गर्न शुरु गरेका छन् । संयुक्त राष्ट्रसंघको एजेन्सीले आफ्ना कर्मचारी र खर्चको थप कडा अनुगमन गर्ने वाचा गरेपछि स्वीडेनले प्रारम्भिक रुपमा १९ मिलियन डलर सहायता पठाउने तयारी गरेको छ ।
इजरायलले गाजामा गरेको आक्रमणमा यूएन.आर.डब्ल्यु.एका कम्तीमा १२ जना कर्मचारी संलग्न भएको आरोप लगाएपछि क्यानडा र स्वीडेन लगायत १६ वटा देशले एजेन्सीलाई आर्थिक सहयोग रोकेकोमा दुई देशले पुनः सहयोग थालेका हुन् ।
सहयोग जुटाउने विषयमा स्वीडेनले वक्तव्य जारी गर्दै सन् २०२४ मा सहायताका लागि ३८ मिलियन डलरको कोष विनियोजन गरेको उल्लेख गरेको छ ।
यसैगरी क्यानाडाले पनि कोषमार्फत आर्थिक सहायता दिने निर्णय गरेको छ । तर सहायता प्याकेजको बारेमा भने क्यानाडाले प्रष्ट गरिसकेको छैन ।