अर्थ/शेयर बजार

सुनको मूल्य आज तोलामा एक लाख ३७ हजार नौ सय पुग्यो

By Dhading News

May 10, 2024

काठमाडौं । सुनको भाउ आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।