दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश
132 पटक पढिएको
एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनी भ्रष्टाचार आरोपमा पक्राउ परेका हुन् ।
उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले मुख्यमन्त्री केजरीवाललाई जुन २ तारिखमा अदालतमा हाजिर हुन भनेको छ ।
अदालतले केजरीवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ । सर्वोच्च अदालतले केजरीवाल पक्राउसम्बन्धी मुद्दाको छिटै सुनुवाइ सक्ने पनि जनाएको छ ।