धादिङ न्यूज
काठमाण्डौं, ६ भदौ २०८१ । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि हचुवाको भरमा बन्द गरेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक खुल्ने भएको छ । प्रचण्ड सरकारले कुनै आधार विना लगाएको टिकटक माथिको प्रतिबन्ध केपि शर्मा ओली नेत्तृत्वको सरकारले खुलाउने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।