काठमाण्डौं,२३ भदौ २०८१ ।नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।