धादिङन्यूज संवाददाता
काठमाडौं, भदौ २४ सुरूङमार्ग नजिकै पहिरो खसेर अबरुद्ध भएको नाैबिसे – नागढुङ्गा सडक एक तर्फि सञ्चालन आएको इलाका प्रहरी कार्यालय खानिखाेलाले बताएको छ।
धादिङ धुनिबेँसी नगरपालिका-९ स्थित त्रिभुवन राजपथकाे सुरुङमार्ग निर्माणस्थल नजिकै लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्गमा सोमबार साँझ ६ वजे बाट सवारी आवागमन ठप्प हुन पुगेको थियो ।
सोमबार दिउँसोको भारी वर्षाका कारण बेलुकी छ बजेतिर त्रिभुवन राजपथ अन्तर्गत खत्री पाैवास्थित सुरुङ मार्ग क्षेत्रमा लेदोसहितको भेल सडकमा जमेर सवारी साधन गुड्नै नसक्ने भएको थियो ।
सडकमा जमेको पहिरो पन्छाएर एकतर्फी रुपमा मोटर गुड्न थालेपनि दुवै तर्फि मोटर गुड्न अझै केही बेर लाग्ने प्रहरीले जनाएको छ । सडकमा जमेको लेदो माटो सहितको पहिरोमा फसेका सवारस् साधन निकालेर पहिरो पन्छाउने काम भईरहेको छभने राजमार्गमा सवारीको चाप पनि निकै रहेको छ ।
‘