धादिङ १२ असोज २०८१ ।काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोला छेउमा सडकमा रोकिराखेका गाडी पहिरोले पुरिएका छन् । कम्तीमा चार वटा गाडी पुरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार दुई बस र दुई माइक्रोबस पुरिएका हुन् । तीन जनाको घाइतेलाई अस्पताल लगिएको र उद्धार जारी रहेको थानकोट वृत्तका डिएसपी सूर्यप्रसाद सुवेदीले बताए । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सवारी साधन पनि चल्न सकेका छैनन् ।