कभर फोटो

उपनिर्वाचनको ३८ पदको अन्तिम परिणाम सार्वजनिक

By Dhading News

December 02, 2024

काठमाडौं । शुक्रवार सम्पन्न भएको  विभिन्न ४१ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनको ३८ पदको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । बाँकी ३ पदको नतिजा आउन बाँकी छ । बाँकी रहेका ३ पदको मतगणना चलिरहेको छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयरपुरको वेलका वडा नम्बर ९ को मतगणना जारी छ ।

मतपरिणाम आएकामा नेपाली कांग्रेसले १६ वडाध्यक्ष जितेको छ ।

नेकपा (एमाले)ले १ गाउँपालिका ध्यक्ष, १ उपाध्यक्ष र ५ वडाध्यक्ष जितेको छ ।

यता, नेकपा (माओवादी केन्द्र)ले १ गाउँपालिका अध्यक्ष, १ उपमेयर, १ उपाध्यक्ष र ६ वडाध्यक्ष जितेको छ ।

यसैगरी, जसपाले २, एकीकृत समाजवादीले १, रास्वपा १, नेमकिपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् ।

मतगणना जारी रहेको कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसले अग्रता लिइरहेको छ भने गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ को भने विवादका कारण मतगणना स्थगित भएको छ । जहाँ बदर मत बढी भएपछि विवाद सुरु भएको भएको छ ।

यी कांग्रेसले जितेका पद

अर्जुन प्रसाद तिवारी, वडा अध्यक्ष, हेटौडा उपमहानगरपालिका १२

आनन्द श्रेष्ठ, वडा अध्यक्ष, मुसिकोट नगरपालिका १

प्रकाश चन्द, वडा अध्यक्ष, भीमदत्त नगरपालिका ६

अमिन थारु, वडा अध्यक्ष, ठाकुरबाबा नगरपालिका ४

तेतर साहु, वडा अध्यक्ष, गढी गाउँपालिका ६

समसे आलम, वडा अध्यक्ष, राजपुर नगरपालिका ६

राजेन्द्र बानियाँ, वडा अध्यक्ष, कीर्तिपुर नगरपालिका ४

धिरेन्द्र पुजारा, वडा अध्यक्ष, सूर्मा गाउँपालिका ४

भुपमणी पुन मगर, वडा अध्यक्ष, रुन्टीगढी गाउँपालिका ४

शेख अब्दुल खलिक, वडा अध्यक्ष, ईशनाथ नगरपालिका ७

मोती राम खत्री, वडा अध्यक्ष, सानीभेरी गाउँपालिका ५

इच्छा कुमार महर्जन, वडा अध्यक्ष, कीर्तिपुर नगरपालिका १

मोहन थापा, वडा अध्यक्ष, पूर्वीचौकी गाउँपालिका ६

नगेन्द्र लिम्बु, वडा अध्यक्ष, लालीगुराँस नगरपालिका ८

धन सिंह कुंवर, वडा अध्यक्ष, दुहुँ गाउँपालिका ५

खम्ब बहादुर सिँह, वडा अध्यक्ष, कुसे गाउँपालिका ७

एमालेले जितेका पद

जंग बहादुर शाही, अध्यक्ष, महाबु गाउँपालिका

सुलोचना कुमारी भण्‍डारी, उपाध्यक्ष, स्वामीकार्तिक खापर गाउँपालिका

मोहमद ताहिर मुसलमान, वडा अध्यक्ष, शुद्धोधन गाउँपालिका १

सकिवुल खाँ, वडा अध्यक्ष, रामगोपालपुर नगरपालिका २

लाल बहादुर शाही, वडा अध्यक्ष, दुल्लु नगरपालिका १३

गंगा वहादुर तामाङ, वडा अध्यक्ष, मोलुङ गाउँपालिका ५

कुमारी सावादेन, वडा अध्यक्ष, सिरीजङ्घा गाउँपालिका ३

माओवादी केन्द्रले जितेका पद

नमो नारायण माझी, अध्यक्ष, ग्रामथान गाउँपालिका

देवका लामिछाने, उप-मेयर, नलगाड नगरपालिका

नरपुरा बुढा, उपाध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका

कृष्ण घिमिरे, वडा अध्यक्ष, ककनी गाउँपालिका २

नविन कुमार वान्तवा राई, वडा अध्यक्ष, त्रियुगा नगरपालिका १२

शुनिल कापर केवट, वडा अध्यक्ष, धनुषाधाम नगरपालिका १

बिष्‍णु बहादुर मगर, वडा अध्यक्ष, गोरखा नगरपालिका ५

नर बहादुर झाक्री, वडा अध्यक्ष, त्रिपुरासुन्दरी नगरपालिका ५

जगत घर्ती, वडा अध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका २

 

जनता समाजवादी पार्टीले जितेका स्थान

धिरेन्द्र कुमार साह, वडा अध्यक्ष, डाक्नेश्वरी नगरपालिका १

देवेन्द्र प्रसाद यादव, वडा अध्यक्ष, डाक्नेश्वरी नगरपालिका ४

 

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका स्थान

रोजिना श्रेष्ठ, वडा अध्यक्ष, काठमाडौँ महानगरपालिका १६

 

नेपाल मजदुर किसान पार्टीले जितेका स्थान

खड्ग राज शाही, वडा अध्यक्ष, तिलागुफा नगरपालिका ४

एकीकृत समाजवादीले जितेका स्थान

बजरंगी प्रसाद यादव, वडा अध्यक्ष, गढीमाई नगरपालिका ८

स्वतन्त्रले जितेका स्थान

लक्ष्मी प्रसाद ओली, वडा अध्यक्ष, कन्काई नगरपालिका ६