एकै महिनामा ९९ शव
610 पटक पढिएको
काठमाडौं, १३ पुस – डलरको भाउसँगै रेमिट्यान्स बढेपछि रमाएका नेपालीलाई वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेको संख्याले त्योभन्दा बढी पिरोल्ने गरेको छ । दैनिक ३ जनाभन्दा बढीको शव नेपाल भित्रिने अवस्था वास्तवमै चिन्तनीय नै छ ।
मंसिरमा मात्रै हालसम्मकै बढी ९९ सय नेपालीको शव भित्रिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । मुख्य श्रम गन्तव्य मलेसिया र खाडी मुलुकबाट यो संख्यामा शव नेपाल भित्रिएको हो ।
बोर्डका अनुसार यो तथ्यांकले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृति लिएर गएका कामदारमात्र समेट्छ । बिना श्रमस्वीकृति अवैध ढंगबाट भारतको बाटो वा दुई वर्षको श्रमस्वीकृति सकिएर पुनः नवीकरण नगरेका मृतक कामदारलाई यसमा समावेश गरिएको छैन ।
अवैध कामदारलाई समेत समावेश गर्दा दैनिक ४ भन्दा बढी शव नेपाल भित्रिने गरेको बोर्ड स्रोत बताउँछ । युवा उमेरका कामदारको यो मृत्युले वैदेशिक रोजगारीमा ठूलो चुनौती थपेको यस क्षेत्रका विज्ञ बताउँछन् ।
चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ३ सय ५२ कामदारको शव नेपाल आएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३३ प्रतिशत बढी हो । गत आवको ५ महिनामा २ सय ६४ कामदारको शव नेपाल आएको थियो । कात्तिकको भन्दा मंसिरको मृत्यु संख्या ६५ प्रतिशत बढी देखिएको छ । कात्तिकमा ६० कामदारको मृत्यु भएको थियो । ५ महिनाको अवधिमा ३१ कामदार अंगभंग भएर फर्किएका छन् ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले दैनिक ३ भन्दा बढी नेपाली कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिइरहँदा पनि समीक्षा नगरिनु विडम्बनापूर्ण भएको बताए । “नेपालको जनसंख्याको मृत्युदरलाई हेर्ने हो भने विदेशमा मृत्यु भएका कामदारको अनुपात उस्तै देखिन्छ तर जुन नेपालीको विदेशमा मृत्यु भइरहेको छ, ती मर्न नपर्ने उमेरका हुन््,” उनले भने, “स्वास्थ्य परीक्षणबाट नेपाली कामदार विदेशमा काम गर्न सक्षम छन् भनेमात्र पठाइएको हुन्छ ।” उनले कामसम्बन्धी तालिम नदिनु, सम्झौताबमोजिम सेवा सुविधा नपाउने तथा अभिमुखीकरण तालिम नदिई प्रमाणपत्रमात्र दिने गरिएकाले कामदारको मृत्युको संख्या बढेको दाबी गरे ।
बोर्डका अनुसार सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा भएको छ । ५ महिनामा मलेसियाबाट १ सय १० नेपाली युवाको शव भित्रिएको छ । कतारमा ९१, साउदी अरबमा ८९, कुवेतमा २० र संयुक्त अरब इमिरेट्स (यूएई) मा १९ र बहराइनमा ८ कामदारको मृत्यु भएको छ ।
बोर्डले यसरी मत्यु हुने कामदारको परिवारलाई आर्थिक सहायतास्वरुप १ लाख ५० हजार रुपैयाँका दरले प्रदान गर्ने गरेको छ । “सम्बन्धित मुलुकको हावापानी संस्कृति, अत्याधुनिक औजारसम्बन्धी अनिवार्य जानकारी दिन अमिुखीकरण तालिम दिइन्छ, सो कामदारका लागि पर्याप्त छैन,” गुरुङले भने, “व्यवसायीले कानुनी प्रक्रिया पु¥याउन तालिमबिनै प्रमाणपत्र बेच्ने गरेकाले पनि समस्या आएको हो ।” विदेशमा मृत्यु हुनेमा अधिकांश अदक्ष र अशिक्षित कामदार छन् ।
“कामदार दिनभरी टन्टलापुर घाममा काम गर्छन्,” नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने, “कोठामा रातभरि एयर कन्डिनसर (एसी) लगाएर सुत्छन् । त्यसले तापक्रम नमिल्दा मृत्यु हुने गर्छ ।”
खाडी मुलुक र मलेसियाले नेपाली कामदारको मृत्यु प्राकृतिक कारण हो भनी रिपोर्ट पठाउने गर्छन् । “कामदारको हकहित र जोखिमको सुरक्षाका लागि बोर्डमा ठूलो रकम छ,” गुरुङले भने, “सो रकम मृतक कामदारको शव पोस्टमार्टम गरेर किन मृत्यु हुन्छ भनेर पत्ता लगाउने काममा उपयोग भएको छैन ।”
कामदारले नेपालमा सम्झौता गरेबमोजिम पारिश्रमिक नपाउने, रोजगारदाता÷स्पोन्जरले बढी शोषण गर्ने र घर फर्कन नदिनेलगायत कारणबाट कामदारले आत्महत्याको बाटो पनि रोज्ने गरेका छन् ।
बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले बिदेसिने नेपाली युवाको संख्या बढेसँगै मृत्युको संख्या पनि बढेको बताइन् । “अहिले भारतको बाटो हुँदै जाने क्रम कम भएर वैधानिक बाटोबाट जान थालेका छन्,” उनले भनिन् “त्यही कारण मृतकको संख्या ह्वात्तै बढेको देखिएको हो ।”

-कारोबार दैनिक