सत्ता समिकरण धरापमा : कांग्रेस नेता रिजाल

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फागुन ९ – नेपाली कांगेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले एक वर्ष भित्रमा संविधान निर्माणको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता पुरा गराउन दलहरुले स्वार्थ त्यागेर सहमतिको राजनीति गर्नु आवश्यक भएको बताउनु भएको छ ।

एमालेले गृह नदिई सरकारमा नआउने र नेपाली कांग्रेसले गृह दिन सक्दैनौं भनेका कारण अहिलेको गठबन्धन र सहमति संकटमा परेको भन्दै उहाँले दुवै दल जिम्मेवार भएर बहुमतका नाममा सरकार वनाउने र ढाल्ने सोचवाट मुक्त हुनुपर्ने बताउनुभयो ।

तोकिएको समयमा संविधान निर्माण कार्य सम्पन्न गर्नका लागि बहुमत भएपछि सरकार फेर वदल गर्न सकिन्छ भन्ने सोचाई वोकेर कुनै पनि दल संविधान सभामा पस्न नहुने डाक्टर रिजालको भनाई छ । नेपाल प्रेस युनियन धादिङको छैटौं जिल्ला अधिबेशनको शुक्रवार धादिङबेसीमा उदघाटन गर्दै डाक्टर रिजालले सरकार वनाउने र ढाल्ने सोच कसैमा पनि नआएको खण्डमा मात्र नागरिकका बीचमा गरिएको प्रतिवद्धता पुरा गर्न सकिने बताउनुभयो ।

नेपाल प्रेस युनियन धादिङको छैटौं जिल्ला अधिबेशनको शुक्रवार धादिङबेसीमा उदघाटन गर्दै नेपाली कांग्रेस प्रचार विभागका प्रमुख समेत रहेका नेता रिजालले  संविधान नवन्दासम्म सरकार फेर्न नहुने र सरकार बनाउन नयां समिकरण वनाउन सकिन्छ भनेर कोही लाग्न नहुने बताउनुभयो ।

उज्यालो अनलाईनबाट