साङकोष ,१५ बैशाख ः साङकोष गाविसको वडा नम्बर १ पचघरेमा समुदायका अगुवाहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटि धादिङद्धारा संचालनमा रहेको प्रवासी र तिनका परिवारको लागि एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत समुदायका अगुवाहरुलाई सो बिषयमा जानकारी गराईएको हो । कार्यक्रममा एच.आइ.भी र एड्स भनेको के हो? सर्ने र नसर्ने माध्यमहरु समुदायले यसप्रति राखेको नकारात्मक धारणाको साथै यौन रोग के हो? महिला र पुरुषमा यसका लक्षणहरु कस्ता रहन्छन् भन्ने विषयमा एन.डि.सी.धादिङका सामुदायिक कार्यकर्ता एशोदा नेपाल र साथी शिक्षक सरला आलेले सहभागीहरुलाई विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो । समुदायका अगुवामार्फत समुदायमा एचआईभि र एड्स बिरुद्ध जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको वताईएको छ ।