सुरक्षित विद्यालयहरु प्रत्येक बालिकाको अधिकार
521 पटक पढिएको
राधिका श्रेष्ठ
विद्यालय बालबालिकाका लागि विद्या आर्जन गर्ने र हुर्कने स्थान हो । तर धेरै छात्राहरु आफ्नो सुरक्षा, अपमानजनक तथा हिंसात्मक व्यवहार हुने भय लिएर विद्यालय जाने गर्दछन् । विद्यालयहरुले वृहत समाजलाई प्रतिविम्वित गर्दछन् । विद्यालय समाजको एक महत्वपूर्ण र ज्ञान आर्जन गर्ने स्थान हो । महिला, किशोरी तथा बालिकाहरुले आफ्नो जीवनभर सामना गर्ने शारीरिक, यौन तथा मनोवैज्ञानिक हिंसा छात्राहरुले विद्यालय र विदालय वरपरका वातावरणमा पनि सामना गर्नु परिरहेको हुन्छ । यसरी धेरै छात्राहरु हिंसा हुने डर र अपमानजनक व्यवहारका कारण उनीहरु विद्यालयमा जानबाट नै बन्द हुन्छन् । प्रत्येक दिन छात्राहरुलाई विद्यालयमा जाने क्रममा नै आक्रमण गरिन्छ, भने विद्यालय वातावरण भित्र धकेल्ने, कुटपिट गर्ने, सहपाठीहरुले अफवाह गर्ने र वर्तमान समयमा मोवाइल फोन वा इन्टरनेटको माध्यमबाट अपमान गरिन्छ । केहीलाई अन्य विद्यार्थीहरुद्वारा नै मानसिक तथा यौनिक हिंसाको धम्की दिन्छन् भने कतिपय शिक्षकहले पनि यौन हिंसा गर्ने गरेको पनि यथार्थ घटनाहरु पाइन्छ । यसरी शिक्षकहरुले छात्राहरुलाई आफ्नो कोठामा थुनेर कलात्कृत पनि हुन पुग्छन् ।
आफ्नो पहिचानका कारण केही छात्राहरुले विद्यालयमा बढी हिंसाको सामना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि समलिङ्गी छात्राहरुले महिला र समलिङ्गी भएकोमा दोहोरो भेदभावको सामना गर्नुका साथै आफ्ना सहपाठीहरु भन्दा बढी यौन हिंसाको धम्कीको सामना गर्नु पर्ने हुन्छ । यसैगरि अपाङ्गता भएका छात्राहरुले पनि महिला र अपाङ्गता भएकोमा दोहोरो भेदभाव भोग्नुपर्ने अवस्थाका साथै जिस्काउने कार्य, शारीरिक, मानसिक रुपमा दूव्र्यवहार र यौन हिंसाको सजिलो सिकार बनाउने गर्दछन् । सपाङ्ग छात्राहरु भन्दा उनीहरुले बढ िभेदभावको सामना गर्नु पर्ने र उनीहरुले सामना गर्ने हिंसाको रुपमा बढी गम्भिर हुन जान्छ । बालिकाहरुको पहिचानका अन्य पक्षहरुमा युद्धले ग्रस्त देशहरुमा केही बालिकाहरु सशस्त्र समुहको कब्जामा पर्ने गर्दछन् । कोही विद्यालय जाने क्रममा वा विद्यालयमाथि आक्रमण भएको अवस्थामा घाइते हुने वा मारिने गर्दछन् । शरणार्थी वा विस्थापितहरुको क्षेत्र वरपरका बालिकाहरु माथि यौन दुव्र्यवहार र शोषण विशेष समस्या हुन् । अर्कातिर विश्वभरमा नै आप्रवासी, अनाथ, शरणार्थीको अवस्था, जातजातियताका आधारमा पनि ति बालिकाहरुले दुव्र्यवहार र जोखिमपूर्ण समस्याहरु सामना गर्नु पर्ने र हिंसाका पात्र बन्नुपर्ने अवस्था निर्धारण गर्दछ ।
विश्वभरका धेरै शैक्षिक संस्थाहरुमा र त्यस्त संस्था वरिपरिका बालिकाहरु विरुद्ध हिंसा हुने गर्दछ । हिंसा शिक्षकहरुबाट मात्र नभई प्रशासक विद्यालयका अन्य कर्मचारी, सहपाठी र विद्यालय वरपरका व्यक्तिहरुबाट पनि हुने गर्दछ । त्यसको फलस्वरुप असंख्य बालिकाहरु विद्यालयबाट वाहिरीन्छन् र विद्यालय विचैमा छोड्ने गर्दछन् । विद्या लिनबाट बन्चित रहन्छन् । हिंसा विशेष गरि यौन हिंसाबाट पीडित भएकाहरुले परिवार, साथीभाई र समाजबाट नै हेला तथा तिरस्कारको समना गर्नुपर्ने हुनसक्छ । सीमान्तकृत समुहका गरिब, समलिङ्गी वा अपाङ्ग र विशेष आवश्यकता भएका बालिकाहरुले अन्यको तुलनामा विभिन्न सेवाहरुको पहुँचमा पुग्न कठिनाई व्यहोर्नुपर्ने हुन्छ । विद्यालयहरुमा बालबालिका विरुद्ध हुने विविध किसिमका हिंस, भेदभावपूर्ण मानसिकताका साथै कम गम्भीर खालका व्यवहारलाई नियन्त्रण नगरिनुको फलस्वरुप हुने गरेको पाईन्छ । यस्ता क्रियाकलापहरुलाई सुरुवातमा नै नियन्त्रण गरिनुपर्दछ । बालिकाहरु विरुद्धको हिंसाले डर, त्रास, पीडा मात्र नभई कमजोर आत्मविश्वास, विद्यालयमा पढाईको खस्कदोदर, यौनजन्य संक्रमण, अनिश्चित गर्भाधारण र निराशा, मानसिक तथा सामाजिक दूव्र्यवहार पनि निम्त्याउने गर्दछ । जसको कारण बालिकाहरुको मानसिक, शारीरिक र सामाजिक रुपमा स्वास्थ्य स्थितिमा क्षती पुर्याउने काम गर्दछ । त्यति मात्रै नभई हिंसाले कुनै बालिकाको शिक्षामा अवरुद्ध वा अन्त्य गर्दा त्यसको प्रभाव उनको भोलीको रोजगार अवसरमा र आर्थिक स्वतन्त्रतामा समेत गम्भिर असर पार्दछ । शिक्षाको अभावले बालिकाहरुको बालविवाह हुने सम्भावना बढाउँछ जसले गर्दा उनीहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराउँदछ । र बेचविखनको शिकार बन्न पनि सक्दछन् ।
यसरी ठूलो संख्यामा बालिकाहरुको शिक्षा अवरुद्ध हुन पुगदा त्यस विद्यार्थीहरुलाई मात्र नभई घर, समाज र राष्ट्रमाथि नै नराम्रो प्रभाव पर्न जान्छ । यता हिंसा र नकारात्मक दुव्र्यवहार र गरिबिको चक्रहरुलाई मेट्नका लागि शिक्षा अत्यावश्यक छ । तर बालिकाहरुलाई हिंसात्मक अवस्थाबाट टाढा राख्न र गरिबिबाट उम्कन सहयोग पुर्याउन उनीहरुलाई सशक्त तुल्याउने प्रयासहरुमा विद्यालय भित्र र त्यस वरपरका वातावरणमा रहेको सुरक्षाको कमीलाई सुधार गर्नुपर्दछ । र त्यस्ता बालिकाहरुमाथि हिंसा गर्ने शिक्षक तथा अन्य व्यक्तिहरुलाई कडा भन्दा कडा कानुन बनाई सजाय दिनुपर्दछ । गुणस्तरिय र सुरक्षित एवं व्यवहारिक मुलक शिक्षा दिनुपर्दछ । शिक्षाको निति र नियम अनुसार प्राथमिक शिक्षा सबैका लागि निःशुल्क हुनुपर्दछ । र निम्न माध्यामिक तथा माध्यामिक शिक्षा लिनमा जोड दिनुपर्दछ । बालबालिकाहरुलाई विद्यालयहरुले सामान्यतय शुल्क, यातायात खर्च, विद्यालय पोषाक तथा शैक्षिका सामाग्रीहरु र अन्य विविध खर्चहरु निःशुलक गरी शिक्षा तर्फ अगाडि बढ्नु राज्यको महत्वपूर्ण दायित् व हो । जसले गर्दा बालिकाहरुले गुणस्तरीय शिक्षा लिनबाट वञ्चित रहन नपरोस् । विश्वभरका नै बालिकाहरुको शिक्षा लिने दृढ भावनालाई राजयहरुले ध्यान दिनुपर्दछ र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पूरा गर्न र सुरक्षित विद्यालय बनाउन पनि विशेष जोड दिई बालिकाहरुलाई सुरक्षित रुपमा पढ्ने वातावरण विद्यालयमा स्थापित गराउनुपर्दछ । राज्य र त्यस अन्तर्गतका सरकारी कर्मचारीहरु शिक्षक तथा विद्यालयका अधिकारीहरुले दुव्र्यवहारका उजुरीहरुको तत्काल छानविन गरी अपराधिहरुलाई उचित सजाय दिनुका साथै हिंसाबाट पीडित भएकाहरुलाई शारीरिक तथा मानसिक प्रभावबाट मुक्त हुन सहयोग प्रदान गर्नुपर्दछ र त्यस्ता घटनाहरु घट्नबाट अन्त्य गुर्नपर्दछ र सुरक्षित विद्यालय वातावरणको तय गर्नुपर्दछ ।
शिक्षा मानव अधिकार हो र हिंसाबाट मुक्त शिक्षामा पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो । अन्तर्राष्ट्रिय कानुन तथा महासन्धि अन्तर्गत राज्यले प्राथमिक शिक्षामा विश्वव्यापी पहुँच सुनिश्चित गर्नुपर्दछ । छात्राहरुले आफुलाई विद्यालयभित्र सुरक्षित महशुस गर्ने वातावरण सृजना गर्नुपर्दछ । छात्राहरुको लागि छात्रा मैत्री विद्यालय वातावरणको सृजना गरि उचित शिक्षा प्रदान गरी सद्गुणी नागरिक उत्पादन गर्न तर्फ अग्रसर हुनुपर्दछ । विद्यालय भित्र छात्राहरुको लागि छुट्टै शौचालयको व्यवस्था, पानीको व्यवस्था पनि गरिनुपर्दछ र सुरक्षित आवासगृह र सुपरिवेक्षण हुने खेल मैदानहरु सुनिश्चित गर्नुपर्दछ । विद्यालयहरुका लागि निर्देशिका, शिक्षक तथा विद्यार्थीहरुका लागि अनिवार्य तालिम तथा शिक्षा र पयोजमात्रामा खर्चको व्यवस्था गरिनुपर्दछ । र बालिकाहरुलाई दुव्र्यवहारबाट सुरक्षित राख्न्का लागि आचार संहिताको विकास गरी आगु गर्ने । विद्यालयमा बालिकाहरु विरुद्ध हुने उत्पीडन र हिंसलाई सम्बोधन गर्न प्राथमिक हस्तक्षेप गणनीतिमा विद्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्नुपर्दछ । त्यसको साथै हिंसामा परेका बालिकाहरुलाई सेवाहरुको पनि उचित सेवा उपलब्ध गराउनुपर्दछ । शिक्षामा उपयुक्त नीतिको निर्माण गरी बालिकाहरुलाई स्वतन्त्र र निष्पक्ष रुपमा विद्यालय गई ज्ञान आर्जन गर्ने वातावरण तय गर्नु बालिकाहरुको एक अधिकार हो ।