महिलाको सवाल लिएर आयो सम्पूर्ण आकाश मासिक

546 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी– धादिङको सदरमुकाम धादिङबेसीबाट सम्पूर्ण आकाश मासिक   पत्रिकाको प्रकाशन आरम्भ गरिएको छ । सम्पूर्ण मासिक समेत गरी जिल्लावाट नियमित प्रकाशित हुने पत्रिकाको संख्या सात पुगेको छ । यस अघि जिल्लावाट एक दैनिक, चार साप्ताहिक र एक मासिक पत्रिका नियमित रुपमा प्रकाशित हुंदै आईरहेको छ । जिल्लामा दर्ता भएको पत्रिकाको संख्या २३ पुगेपनि नियमित निस्कने पत्रिकाको संख्या भने  न्युन रहेको छ ।
10277767_704757806229250_6470979524316027779_nमहिला पुर्नस्थापना केन्द्रका अध्यक्ष एवम अग्रज महिला मानवअधिकार रक्षक डाक्टर रेणुराज राजभण्डारी र धादिङका प्रमुख जिल्ला अधिकारी दिपकप्रसाद नेपालले मंगलवार संयुक्त रुपमा पत्रिकाको विमोचन गर्नु भएको थियो ।
महिलाका सवाललाई मात्र समेटेर प्रकाशन हुन थालेको सम्पूर्ण आकाश  धादिङ जिल्लाको पत्रकारिताको इतिहासमा नयाँ आयाम भएको पत्रिकाका सम्पादक राधिका सापकोटाको भनाई छ । पत्रिकाको प्रकाशन तथा व्यवस्थापनमा लामो समयदेखि महिला आन्दोलनमा सक्रिय रहेका व्यक्तिहरुको सहभागिता रहेको वताईएको छ ।  महिला भएकै कारण महिला माथि     हुने विभेद र हिंसा विरुद्ध संचालन भईरहेका अभियानका उपलव्धिहरुलाइ संरक्षण गर्ने उद्धेश्यले शुरुवात गरिएको पत्रिकाको कार्यकारी सम्पादकमा गायत्री खतिवडा रहनु भएको छ । पत्रिका मार्फत महिला अधिकार स्थापनाको अभियानलाई संचारमाध्यम मार्फत अगाडी बढाउन सम्पूर्ण आकाश समर्पित रहने वताईएको छ ।
पत्रिका विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीका साथै जिल्लामा कृयििशल विभिन्न संचारमाध्यमका प्रतिनिधि एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।  सम्पूर्ण आकाश समेत गरी धादिङ जिल्लामा महिला सम्पादक रहेको पत्रिकाको संख्या चार पुगेको छ । यस अघि हरेक वुधवार प्रकाशित हुने नेत्रावती साप्ताहिकमा एशोदा नेपाल,धादिङमा दर्ता भई राजधानीवाट प्रकाशित जनसंजालमा कला तिमिल्सिना र केही समय प्रकाशित भएको आजको सेरोफेरो साप्ताहिकमा कविता भट्ट, सम्पादक रहेका छन ।