सुर्ती-चुरोट खानेले सरकारी जागिर नपाउने

974 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, – सरकारले चुरोट, सुर्ती सेवन गर्ने ब्यक्ति सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न लागेको छ ।

smokingस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजामती सेवा ऐन संशोधनमा चुरोट, सुर्ती सेवन गर्ने व्यक्ति निजामती सेवामा प्रवेश गर्न अयोग्य हुने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।

स्वास्थ्य सेवा ऐन र निजामती सेवा ऐन संशोधनमा यो कडा ब्यवस्था गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य सेवा ऐन र निजामती सेवा ऐन संशोधनको प्रकृया अघि बढाईसकेको छ । यहि संशोधनमा यो ब्यवस्था पनि समावेश गरिने उहाँले बताउनुभयो । अहिले सरकारी कर्मचारीलाई नैतिक बन्धनको रुपमा कार्यालयभित्र धुमपान र मद्यपान गर्न नपाउने ब्यवस्था छ ।  अब यसैलाई संशोधन गरेर चुरोट, सुर्ती सेवन गर्ने ब्यक्ति सेवामै प्रवेश गर्न नपाउने ब्यवस्था राख्न लागिएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय नीति निर्णयबाट स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीले चुरोट तथा सुर्ती सेवन गर्न नपाउने परिपत्र गरिसकेको छ । यसलाई कानुनी रुपमै बाध्यकारी बनाउन ऐन संसोधनमा समावेश गर्न पहल भैरहेको केन्द्रका कानुन अधिकृत कोमल आर्चायले बताउनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ । ।