पत्रकार महासंघका तीनजना धादिङमा सम्मानित

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले  केन्दिय समितिका सचिव र दुई जना केन्द्रिय सदस्यलाई आईतबार धादिङमा सम्मान गरेको छ ।
SAM_1833   नेपाल पत्रकार महासंघको २४ औं महाधिबेशनवाट केन्द्रिय सचिवमा निर्वाचित ध्रुव लम्साल, उपत्यकावाट निर्वाचित केन्द्रिय सदस्य रामहरी सिलवाल र पश्चिमाञ्चलवाट निर्वाचित केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टलाई महासंघ जिल्ला शाखाले सम्मान गरेको हो । धादिङ जिल्लामा जन्मिएर जिल्लावाहिर रहि पत्रकारितामा सक्रिय हुंदै नेपाल पत्रकार महासंघको केन्द्रिय नेत्तृत्वमा पुग्न सफल भएको भन्दै महासंघ जिल्ला शाखाले सम्मान पत्रका साथ दोसल्ला ओढाएर तीनै जनालाई सम्मान गरेको हो ।
आईतबार पिडा गाविसको घाटवेसीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली,धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,स्थानीय विकास अधिकारी रमेश न्यौपाने,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी,कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजेन्द्रानसिंह भण्डारीले तीनै जनालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुने तीनै जनाले महासंघको गरिमालाई उच्च वनाईराख्न र मर्यादित पत्रकारिता एवम पत्रकारहरुको पेशागत सवालमा जहिले पनि प्रतिबद्ध रहने वताउनुभएको थियो ।
कार्यक्रममा महासंघ जिल्ला शाखाका पदाधिकारी, केन्द्रिय पार्षदहरु, विभिन्न संचारसंस्था तथा संचारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका अध्यक्ष दिपक रिजाल,प्रेस चौतारी धादिङका उपाध्यक्ष नारायणचन्द्र सुवेदी,प्रेस युनियनका अध्यक्ष पोषनाथ अधिकारी,क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष रमेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।