राजमार्ग छेउमै एकै गाउंका बीस वालवालिका बिद्यालय वाहिर

726 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

गोगनपानी– जिल्लामा भर्ना अभियान र साक्षरता कार्यक्रम प्रभावकारी गएको भन्दै जिल्ला शिक्षा कार्यालय यति बेला विभिन्न गाविसलाई साक्षर गाविस घोषणामा व्यस्त रहेको छ । गाउं गाउँमा विभिन्न ताम झामका साथ गाविसलाई साक्षर घोषणा गरिएपनि पृथ्वीराजमार्गको छेउमै रहेको एउटै बस्तीका बीस जना वालवालिका अझै सम्म  बिद्यालय भर्ना भएका छैनन ।
10376995_10202169842303169_5883784658622392817_nनेपाल सरकारले शिक्षा क्षेत्रसंग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकाय मार्फत नयाँ शैक्षिक सत्रको सुरुवात सँगै विद्यालय भर्ना अभियान सम्पन्न गरेको दावी गर्दै आईरहेको छ । धादिङ जिल्लाको गोगनपानी गाविस वडा नं. ७ चेपाङवस्तीका २० जना विद्यालय उमेरका बालवालिका भने हालसम्म विद्यालय भर्ना नभएको रहस्य खुलेको हो ।
वालवालिकाको सक्रियतामा स्थापना भई वाल अधिकारका निम्ति वकालत गर्दै आईरहेको लालिगुराँस वाल क्लवले गरेको स्थलगत  सर्वेक्षणले गोगनपानी गाविसको एउटै टोलका २० जना बिद्यालय जाने उमेरका वालवालिका बिद्यालय भर्ना नभएको रहस्य पत्ता लागेको हो ।
पृथ्वीराजमार्गको महादेववेशी वजारवाट १५ मिनेट को दुरीमा रहेको गोगनपानी ७ का चेपाङ वस्तीका अधिकांस चेपाङहरु जग्गाधनि पुर्जा नभएका, आफ्नै आम्दानी बाट ३ महिना भन्दा कम खानपुग्ने अवस्थामा रहेको पनि वाल क्लवले जनाएको छ । घरमा खानेकुरा नभएका कारण खुल्ला शौचालय प्रयोग गर्दै आईरहेका कतिपय चेपाङअभिभावकले छोरा छोरीलाई विद्यालय भर्ना गराएपनि गरिवीका कारणबाट विचैमा विद्यालय छाड्ने  गरेका छन । स्थानीय सामाजिक कार्यकर्ता एवम जनजागृत्ति माविका शिक्षक रामचन्द्र रुपाखेतीका अनुसार गोगनपानीको चेपाङबस्तीका ४ देखी ६ वर्षका २० जना वालवालिका यो बर्ष कुनै  विद्यालयमा भर्ना नगरिएको पाईएको हो ।
चेपाङबस्ती नजिकै रहेको हिमालचुली प्रा.वि.मा भने विद्यार्थी अभावका विद्यालयनै वन्दहुने अवस्थामा रहेको छ भने एक समुदायमा आधारित वालकक्षा विद्यार्थी विनानै चालुरहेको भएपनि चेपाङवस्तिका वालवालिका भने विद्यालय भर्ना नभई वसेका छन् । राजमार्ग छेउमा वसोवास गर्ने भएपनि गोगनपानीका  चेपाङहरुको अवस्था निकै नाजुक रहेको छ ।  राज्यका सवै सेवा सुविधाहरुबाट वच्चित रहेका यहाँका अधिकांश चेपाङहरु ज्याला मजदुरी गरि जिवन निर्वाह गरिरहेका छन् ।
जनजागृति माध्यमिक विद्यालय, महादेववेशीमा रहेको लालिगुराँस बाल क्लवको आयोजनामा विद्यार्थी भर्नाका लागि घरदैलो अभियान तथा सामाजिक विषय अन्र्तगत परियोजना कार्यका लागि विद्यालय क्षेत्र सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको बिद्यालयले जनाएको छ ।  सर्वेक्षणका क्रममा थाक्रे, भुमेस्थान, आग्रा खोलाको मजदुर परिवार तथा गोगनपानीका केही क्षेत्रभित्रका ५ सय  घर परिवारमा सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणका क्रममा २० चेपाङ वालवालिका सहित ४५ जना विद्यालय उमेरका वालवालिका विद्यालय वाहिर रहेको, अझै १५ प्रतिशत मानिस निरक्षर रहेको, १० प्रतिशत का घरमा अभैmपनि शौचालय नभएको, ४० प्रतिशत परिवार आफ्नै जग्गा जमिन बाट ९ महिना भन्दा कम खानपुग्ने अवस्थामा रहेको, ७ वर्ष देखी १६ वर्षका १४ प्रतिशत बालवालिका विभिन्न कारणले विद्यालय छाडेर बसेको पाइएको वताईएको छ । सर्वेक्षणबाट देखिएको समस्याहरुको समाधानको लागि लालिगुराँस बाल क्लव तथा जनजागृति माध्यमिक विद्यालयले सम्वन्धित सरोकारवालाहरुसँग आग्रह समेत गरेको छ   धादिङवाट प्रकाशित हुने नेत्रावती साप्ताहिकले २०७१ जेठ १४ गतेको अंकमा खबर छापेको छ ।