उपत्याका व्यापी अन्तर क्याम्पस कविता प्रतियोगिता आयोजना हुने

685 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं–आदिकवि भानुभक्त आचार्य द्विशत वार्षिक समारोहको अवसर पारेर स्रष्टा प्रतिष्ठान–नेपालले उपत्याका व्यापी अन्तर क्याम्पस खुला कविता प्रतियोगिता गर्ने भएको छ । भानु प्रतिष्ठानको सहकार्यमा हुने उक्त प्रतियोगितामा उपत्याकाको प्रत्येक क्याम्पसबाट प्राप्त कविता मध्ये २÷२ वटा कविता छनोट गरी कविता वाचन गराइने छ ।
imagesस्रष्टा प्रतिष्ठान–नेपालकी अध्यक्ष अमृता अर्यालका अनुसार कविता प्रतियोगिता असार २१ गते गरिने छ भने सहभागीहरुले असार १५ गते भित्र आर.आर.क्याम्पसको नेपाली विभागमा आफ्नो रचना बुझाइसक्नु पर्ने छ । प्रतियोगितामा पुरस्कृत हुने सहभागीहरुलाई पदक तथा पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ साथै कविता वाचनका निम्ति छनोट हुने प्रतिनिधीहरुलाई भानु प्रतिष्ठानले भानु सम्बन्धि सामाग्री हौसला स्वरुप प्रदान गर्ने स्रोतले जनाएको छ ।
यस अघि पनि थुप्रै रचनात्मक कार्यक्रमहरु गरिसकेको स्रष्टा प्रतिष्ठानले असार १ गतेबाट उपत्यका व्यापी छन्द कविता प्रशिक्षण पनि
गर्ने जनाएको छ ।