आमा बन्नु कि टेलिभिजन पत्रकार ?

389 पटक पढिएको

सम्पादक: Dhadingnews.com

pregnant_women_media

अनुपा श्रेष्ठ
आमा बन्नु कि टेलिभिजन पत्रकार ? यो प्रश्न अरुका लागि सामान्यजस्तो लाग्ला, तर टेलिभिजन पत्रकारितामा संलग्न महिलाका लागि अति नै पेचिलो र चुनौतीपूर्ण रुपमा रहेको विषय हो । नेपालमा श्रव्यदृश्य पत्रकारितामा प्रवेश गरेका कतिपय महिलालाई अहिले यही सवालले निकै चिमोटिरहेको पनि छ ।
प्रकृतिको बरदानस्वरुप प्राप्त गर्भ र त्यससंग गांसिएको मातृत्व एकातिर र टेलिभिजन पर्दाले चाहने सदाबहार शारीरिक चुश्तता अर्कोतिर
१ पहिलोलाई नछान्दा प्रकृतिप्रति अन्याय हुने र दोश्रोलाई हेक्कामा नराख्दा पर्दाको गरिमा हराउने नेपालमा टेलिभिजन संञ्चार क्षेत्रको विकाससंगै यसमा महिलाको  सहभागिता बढेको र भूमिका पनि परिवर्तन भएका सन्दर्भमा उक्त प्रश्न झन गंभीर बन्न गएको छ । तर त्यस क्रममा महिला हुनुको कारणले विविध संचार कार्यमा तिनले अनुभव गर्नु परेको कथा र व्यथा भने ओझेलमा परेको पाइन्छ ।
विशेष गरी पत्रकारिताको चुनौती त्यसमा पनि टेलिभिजनको सजधज दृश्यताको हांकले महिलालाई पिरोलिरहेको पाइन्छ । व्यवसायिक आवश्यकता परिपूर्ति गर्ने दिशामा महिलालाई साह्रै अप्ठेरो पर्ने एक विषय हो स् गर्भधारणको विषयमा निर्णय लिनु । गर्भसंग समाज आबद्ध छ, त्यो विना यो चल्नै सक्दैन तर त्यसकै कारण हुने स्वाभाविक शारीरिक परिवर्तन टेलिभिजन क्यामेरालाई नपच्ने ! कस्तो विडम्बना १गर्भवती महिलाका लागि टेलिभिजन पत्रकारिता संभव नै छैन भने हुन्छ ।
महिला टेलिभिजनकर्मी अरु संगी झैं निकै सक्रीय हुन्छन् । कोही आन्दोलनमा नाराबाजी गरीरहेको युवा जमातलाई निकै जोश जाँगरले आफ्नो क्यामरामा कैद गरी रहेका देखिन्छन् त कोही निकै स्पष्ट र सशस्क्त शैलीमा समाचार बाचन गरी रहेका हुन्छन् । काँधमा १० किलोको टाइपट बोकि आफनो क्यामरा पर्सन सित कार्यक्रम निर्माण दौडि रहेका पनि उतिकै भेटिन्छन् । यो संञ्चार गृहमा काम गर्ने महिला कर्मीहरुको दिन चर्या हो । यसमा मातृत्वको प्रारंभिक चरणले नै अनेक पर्खाल खडा गरिदिन्छन्।
उल्लेख्य संख्यामा आज भोलि शिक्षित र व्यवसाय प्रति संवेदनशील महिलाहरु यस क्षेत्र प्रति आकर्षित भएको देखिन्छ । त्यति मात्र हैन, सञ्चार क्षेत्रमा प्रवेश गरे लगतै आफ्नै कार्य क्षमताबाट दर्शक र श्रोताको मन जित्न पनि यी क्षमतावान महिलाहरु सफल भएका छन् । तर अचानक जब उनीहरु वैवाहिक बन्धनमा बाँधिन्छन् अनि स्वाभाविक रुपमा विस्तारै गर्भधारणका विषयमा निर्णय लिनु पर्ने हुन्छ ।
त्यस पछि उनीहरुको मन मस्तीष्कमा अनेकौं प्रश्न उभिन्छन् । के गर्भधारण पश्चात् म टिभी मा समाचार बाचन गर्न पाउँछु रु साँच्चै गर्भवती अवस्थामा   जूलूस, बन्ध वा जात्राको रिर्पोटिङ र छाँयांकन गर्न सक्छु रु शिशुको जन्म पश्चात फर्कि आउँदा के मेरो कार्यालयमा आफ्नो स्थान सुरक्षित रहला रु
यस्ता अनेकौं सवालले उनी आँत्तिन्छन् । आमा बन्ने सुखको कल्पनामा डुब्ने अनुभुतिको आनन्द लिने त त्यतिकै ओझेलमा पर्छ र मनमा अझै प्रश्न उब्जन्छ आफूसँगै एउटै पदमा काम गर्न पुरुष सहकर्मी आफ्नो पेशामा ठूलो सम्झौता नगरी बुबा बन्ने र मैले भन्ने आफ्नो पेशालाई दाउमा राखि आमा बन्ने ? एकातिर महिलालाई प्रोफेसनल बनाउने कूरा हुन्छ तर अर्कोतिर अधिकांश सञ्चारगृहमा यस विषयलाई त्यति चासो दिएको पाइंदैन ।
गर्भधारण गर्नु, आमा बन्नु प्राकृतिक कुरा हो र महिलाहरुको यस विषेश अवस्थालाई  संवोधन गर्नु पर्छ, यस क्षेत्रमा केही कदमहरु  चालिएका पनि छन्, तर व्यवहारिक पक्षमा भने राम्रो लागू हुन सकेको देखिदैन ।
महिलाको प्रजनन अधिकारका कुरा सम्बन्धित निकायहरुबाट नगरीएको पनि होइन,बेला बखतमा संञ्चारकर्मीको संञ्जालले आवाज उठाएका पनि छन्  र महिला प्रजनन्लाई लिइएर नजिर समेत बनेका छन् ।
तर महिलाले आफू आमा बन्न चाहेको खण्डमा मात्र आमा बन्ने भन्ने सूचनालाई आम जनमानसमा सञ्चार माध्यमबाट पु(याउने  परिवर्तनका संवाहक संञ्चार क्षेत्रका  महिलाहरु स्वयमले यो अधिकारको उपभोग गर्न पाएका छन् त ?
उनीहरुलाई आमा बन्ने या नवन्ने भन्ने स्वतन्त्रता परिवार र समाजले दिएको छ भन्ने प्रश्नको उत्तर निकै राम्रा महिला सञ्चार कर्मीहरुले चाहाँदा चाहँदै पनि आमा बने पश्चात आफ्नो पेशा त्यागेको उदाहरणले बताउँछ ।
एकातिर यस किसिमको सामाजिक परिवेश त छँदैछ अर्कोतिर महिलाहरुलाई आमा बने पछिको जिम्मेवारीको बोध पनि छ । एउटा शिशुलाई यस धर्तीमा ल्याउने उनको प्रमुख भुमिका भएकोले सचेत महिलाहरुले सोच्न थालेका छन्, मैले मेरो शिशुलाई शुरक्षित वर्तमान र भविष्य दिन सक्ने हो कि होइन रु मैले मेरो शिशुलाई संस्कार, शिक्षा, स्वास्थ र समय दिन सक्नुपर्छ । यदि यि कुरा दिन नसक्ने हो भने रहरैको लागि आमा बन्ने, कसैलाई बाजे, बाजै वा श्रीमानलाई बुबा बनाउनको लागि मात्र आमा बन्नुको कुनै अर्थ छैन ।

हुन त रहरैका लागि मात्र सञ्चार क्षेत्रमा लागेका नभेटिने पनि होइन र मेरो काम आमा बन्नु हो तर उसलाई लालन पालनको जिम्मा श्रीमान वा परिवारको मात्र हो भन्ने पनि छन् । आज भोलि धेरैलाई म शाररीक, आर्थिक र समाजिक रुपमा आमा बन्न सक्षम छ कि छैन भने प्रश्नले भर्ने  सचेत बनाएको देखिन्छ ।
अहिलेको देशको समग्र अवस्थाले पनि आमा बन्ने चाहनामा नैराश्यता आएको देखिन्छ । बन्द र हड्तालले ल्याएको शैक्षिक क्षेत्रको अन्योलता, राजनीतिक अस्थिरता, सामाजिक र आर्थिक खस्कन्दो अवस्था१
अहिले उनीहरु सोच्न बाध्य छन् , हुन पनि हो एक असफल राष्ट्रमा मैले जन्माएको शिशु के सफल नागरिक बन्न सक्छन् भन्ने दुविधा हुन स्वाभाविक कुरा हो । त्यसैले यस्तो अवस्थामा एक शिक्षित र संवेदनशील महिलाको प्रश्न छ “म आमा किन बन्ने ?”

-ईमेज खबरबाट

Leave a Reply