नोटमा कोर्ने, स्टिच लाउने र लेख्नेलाई कारवाही गरिने

652 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,जेठ २६– रुपैयाँपैसामा केरमेट गर्ने र स्टिच लगाउने व्यक्तिलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले नोटमा केरमेट गर्नेलाई आर्थिक जरिवाना र नोटका बिटामा स्टिच लगाउने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सेवाबाट निलम्बनसम्मको कारबाही गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले २०६७ ६८ को मौद्रिक नीतिमा सफा नोट नीति ल्याएको भएपनि हालसम्म त्यसलाई सर्वसाधारण तथा वित्तीय संस्थाले पालना गरेका थिएनन् । तर अब आफ्नो नीति लाई कडा रुपमा कार्यान्वयन गर्नेतर्फ राष्ट्र बैंक जुटेको छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सफा नोट नराख्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम कारबाही गरिने जानकारी दिए ।

राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयन गर्न प्रभावकारी ढंगले लाग्ने निर्णय गरेबमोजिम नीति कार्यान्वयन नगर्नेलाई कानुनी कारबाही गर्ने परिपत्र नै जारी गरेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।