त्रिशूली नदीमा ¥याफ्टिङ गाईड तालिम शुरु

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

घाटवेसी–धादिङ उद्योग वाणिज्य संघको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको आयोजनामा १५ दिने जल विहार गाइड तालिम संचालन भएको छ । पिडा गाविस वडा नं. २ घाटवेसीमा संचालन भएको उक्त तालिममा धादिङ जिल्लाको ८ जना सहित नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, रामेछाप र तनहुँका गरि जम्मा २४ जनाले सहभागीता जनाएका छन् ।

जेष्ठ २६ गतेवाट संचालन हुन थालेकोे तालिमको प्रशिक्षकमा नाराका कार्यसमिति सदस्य कमल शाह रहेका छन् । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको सभापतित्वमा भएको तालिम उदघाटन कार्यक्रममा नारामा पुर्व अध्यक्ष गोपाल खरेल, घरेलु तथा साना उद्योग विकास समिति, धादिङका वरिष्ठ उद्योग अधिकृत शोभाकर गौतम लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नाराका पुर्व अध्यक्ष गोपाल खरेलले तालिममा सहभागी उत्कृष्ठ ४ जनालाई जागिर दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसैगरीे घरेलु तथा साना उद्योग विकास समिति, धादिङका प्रमुख गौतमले आगामी दिनमा ¥याफ्टिङको एडभान्स तालिम समेतको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा सभापति अधिकारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै त्रिशुली नदीमा ¥याफ्टिङको लागि पर्यटकहरुलाई आकर्षित गर्न त्रिशुली नदीको सरसफाई एवं ¥याफ्टिङको लागि आवश्यक पर्ने पुर्वाधारको विकास गर्नु पर्ने धारणा राख्नु भएको थियो ।