इन्टरनेट चलाँउदा जोगिनुस्

690 पटक पढिएको

सम्पादक: Dhadingnews.com

इन्टरनेट, आमजनताको नेटवर्क भइसकेको छ । अब यसको अर्थ कम्प्युटरको जालो भनेर मात्र पुग्दैन । यसले हरेक मानिसलाई एक आपसमा जोड्न थालिसकेको छ । घट्दै गएका सूचना प्रविधि उपकरण र बढ्दो पहुँचले इन्टरनेट आम दैनिकीको एक अहम हिस्सा बनिसकेको छ । यतिखेर बजारमा मोबाइल फोन, ट्याब्लेट, ल्यापटपको मुल्य निक्कै तल झरिसकेको छ । डेक्सटप कम्प्युटरको मुल्य त निक्कै तल पुगिसक्यो । १० देखी १५ हजारमा उपलब्ध हुन थालिसकेको छ डेक्सटप कम्प्युटर । जसले गर्दा इन्टरनेटको प्रयोग गाउँ गाउँ सम्म पुगिसकेको छ। जनसंख्याको ठूलो हिस्सा अहिले इन्टरनेट चलाउने भइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि देशमा ५२ लाख भन्दा बढि व्यक्ति इन्टरनेट चलाउने देखाएको छ । २० प्रतिशत जनसंख्या इन्टरनेट चलाउँछ यतिखेर । इन्टरनेट चलाउने जनसंख्यामा भएको बृद्धिसंगै बृद्धि भएको छ इन्टरनेटबाट हुने र हुनसक्ने हानीहरु पनि । इन्टरनेटमा धेरै सामग्रीहरु उपलब्ध छन् । तीनमा केही तपाइं र तपाइंको कम्प्युटर उपकरणका लागि लाभदायक छन् भने त्यस्तै हानीकारक पनि छन् ।  कम्प्युटर चलाउँदा तपाइँ आफैले गर्ने क्लिक सही वा गलत पनि हुनसक्छ त्यसैले ध्यान दिनुस् त्यस्ता लिंक र आइकनमा क्लिक नहुन जसले तपाइँलाई हानी गर्छन्।thenumberofa

आफूले इन्टरनेटमा हेर्न वा जान्न चाहेको के हो ? त्यसमा केन्द्रित भएर चलाउनुस इन्टरनेट । सस्तो लोकप्रियता र पैसा कमाउने ध्याउन्नमा खोलिएका विभिन्न खालका वेबसाइटमा हुने तपाइँको क्लिकले तपाइँको कम्प्युटरमा भाइरस वा स्पाम इन्स्टल हुन सक्छ । जसले तपाइँको कम्प्युटरमा भएका जानकारी त चोर्छन् नै तपाइँको कम्प्युटरलाई पनि बिगारेर काम नलाग्ने बनाइदिन्छन् । त्यती मात्र नभएर फेक वेबसाइटहरुले तपाइँको बैंक र खाताको जानकारी चोरेर पैसा समेत उडाउन बेर लगाउँदैनन्।
त्यसैले यस्ता खालका घटना आफूमा दोहोरिन नदिन इन्टरनेट चलाउँदा सावधानी अपनाउनुपर्छ ।  सावधानी अपनाउने भनेको हेर्दा सावधान हुने होइन कि कम्प्युटरमा केही त्यस्ता परिवर्तन र सेटिङ गर्ने जसले कम्प्युटरलाई हानी गर्ने र व्यक्तिगत जानकारी चोर्ने भाइरस, स्पाम डाउनलोड नहोस् ।  आफ्ना इमेल वा सामाजिक सञ्जालका पासवर्ड सुरक्षित राख्ने ।  धेरै एकाउन्ट उस्तै पासवर्ड नराख्ने साथै युआरएल जततउकरर मा मात्र इमेलको प्रयोग गर्ने गर्नुपर्छ । कम्प्युटरमा एन्टीभाइरस र फायरवाल इन्स्टल गरेकै हुनुपर्छ । नयाँ कम्प्युटर किन्नु भएको छ भने यी दुई कुरा राख्न भुल्नै हुँदैन। घरमा वायरलेस प्रयोग गर्ने गर्नुभएको छ भने नियमित रुपमा पासवर्डहरु बदलिरहनुपर्छ । यी बाहेक तपाइँले इन्टरनेट चलाउँदा आफूलाई हानी नहोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु गर्नै पर्छ ।

पपअप ब्लक

आफ्नो कम्प्युटरको इन्टरनेट व्राउजरमा जहिले पनि पपअप ब्लक गरेर राख्नुपर्छ। जसले गर्दा तेस्रो पक्षिय वेबपेजहरु तपाइँको कम्प्युटरमा खुल्दैन। धेरै जसो भाइरस र स्पाम कम्प्युटरमा छिर्ने भनेको तेश्रो पक्षिय वेबसाइट वा पप पेजहरुबाट हो। यदी पपअप ब्लक गर्नु भयो भने यसखालको समस्याबाट बच्न सक्नुहुन्छ।

फिसिङ फिल्टर अन
तपाइँलाई विभिन्न आकर्षक उपहारको चारो हालेर माछा झैं बल्छीमा पार्न चाहनेहरुबाट बच्नका लागि सबै भन्दा उत्तम उपाय हो यो। कम्प्युटरको इन्टरनेट व्राउजरको टुल्स अनि सेटिङ मा गएर फिसि फिल्टर अन गर्नुभयो भने तपाइँको इन्टरनेट व्राउजरले नै त्यस्ता गलत खालका वेबसाइटलाई खुल्नबाट रोकिदिन्छ।

स्टारसँग जोगिनुस्
हलिउड या बलिउडका नायक वा नायिकाका नामसँग जोडिएर आउने लिंकहरुसँग जोगिनुस्। विशेष गरेर सामाजिक सञ्जालमा यस्ता नाम चलेका हस्ती र सेलिब्रेटीका नामसँग जोडिएर न्यूड भिडियो, स्क्याण्डल लगायतका जानकारी भन्दै आएका लिंकमा क्लिक गर्दा तीनले तेश्रो पक्षिय सफ्टवेयर वा स्माप कम्प्युटरमा इन्स्टल गरिदिन्छन् जसले कम्प्युटरमा हानी गर्छ । यस्ता स्टारका अनेकन स्क्याण्डलका प्रचारबाट जोगिनुभयो भने तपाइँको कम्प्युटर पनि जोगिन्छ ।
सावधानी डाउनलोडमा
निशुल्क फिल्म, गीत तथा तस्वीर डाउनलोड गर्ने चक्करमा धेरै मानिस फिसि, स्पाम वा भाइरसको शिकार हुन्छन्। विभिन्न निशुल्क डाउनलोड पेजहरुमा डाउनलोड गर्ने बटनसँगै ठूला ठूला चित्रमा डाउनलोड लेखिएका नै विज्ञापन हुन्छन्। जसले क्लिक गर्नेहरुलाई उनीहरुले डाउनलोड गर्न चाहेको कुरा भन्दा पनि अन्यत्रै लैजान्छन्। यसखालको विज्ञापनबाट पुग्ने विभिन्न साइटले तपाइँको सूचना चोर्ने, कम्प्युटरमा अनेकन सफ्टवेयर र भाइरस हालिदिने गर्छन्। त्यसैले कुनै पनि सफ्टवेयर, भिडियो वा गीत डाउनलोड गर्नु परेको छ भने आधिकारिक वेबसाइटबाटै वा राम्रोसंग देखिएका सन्देश अध्ययन गरेर मात्र क्लिक गर्नुपर्दछ ।
एजेन्सीको सहयोगमा