२१ वर्षमा पनि स्वास्थ्य चौकीको भवन बनेन

601 पटक पढिएको

सम्पादक: Dhadingnews.com

२१ वर्षमा पनि स्वास्थ्य चौकीको भवन बनेनकिराञ्चोक (धादिङ)- ग्रामीण भेगका जनतालाई सर्वशुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरेको उप–स्वास्थ्य चौकी स्थापनाको २१ वर्ष वितिसक्दा समेत उप–स्वास्थ्य चौकीको भवन छैन । २०५० साल असार २५ गते स्थापना गरेको किराञ्चोक उप–स्वास्थ्य चौकी अहिले सम्म भवन विहिन छ । स्थापनाकाल देखि अहिलेसम्म गाविस भवन र व्यक्तिको घरमा बस्दै आएको छ ।
स्वास्थ्य चौकी स्थापना हुंदा गाँउ विकास समितिको स्वामित्वमा रहेको पञ्चायतकालिन भवनमा भएको थियो । झण्डै २ वर्ष पश्चात त्यस भवनमा निम्न माध्यामिक विद्यालय सञ्भालन भए पश्चात २०५२ साल भदौबाट चन्द्र बहादुर बस्नेतको निजी घरमा करिव ४ वर्ष बसेको र गाविसको नयाँ भवन निमार्ण पश्चात वडा नं. ३ स्थित गाविस भवन सरेको स्वास्थ्य चौकीका सहयोगी मुकुन्द न्यौपानेले बताए । गाविस भवन द्वन्द्धकालमा तत्कालिन माओवादीले गाविस भवन जलाइ दिए पश्चात बाँकी रहेका काठोमा बस्दै आएको र शान्ती तथा पूर्ननिमार्ण मन्त्रालयले पक्की भवन निमार्ण गर्दा राम बहादुर बस्नेत र शेर बहादुर कार्कीको निजी घरमा बसेको र अहिले गाँउ विकास समितिको २ वटा कोठामा बस्दै आएको न्यौपानेले बताए ।
औषधी स्टोर, कार्यालय सञ्चालन, विरामा जाँच, प्रसुती जाँच, सुत्केरी गराउने, भेटाघाट कक्ष, रेफ्रिजेनेटर कक्ष २ वटा कोठामा सञ्चालन गर्दै आएको उप–स्वास्थ्य चौकी प्रमुख अहेव एकराज तिवारीले बताए । सुत्केरी गराउने र प्रसुती जाँच गर्ने एउटै कोठामा गर्दै आएको अनमी गंगा भण्डारलिे बताईन । सरकारले मातृशिशु दर घटाउन हरेक उप–स्वास्थ्य तथा स्वास्थ्य चौकीमा प्रसुुती केन्द्र सञ्चालन नीति अनुसार यस उप–स्वास्थ्य समेत प्रसुती सेवा सञ्चालन गरिएको छ । योप्य स्थानमा सुत्केरी गराउनु पर्ने विभिन्न् कारणहरु भएपनि गोप्य स्ठानमा सुत्केरी गराउन ठाँउ अभाव भएको अर्का अनमी तुलसा खनालले बताईन । प्रसुती जाँच र सुत्केरी गराउन आउनेहरुलाई एकै कोठा राखेर सेवा सञ्चालन गर्दा दुवैलाई अफ्ठ्यारो भएकोे खनालले बताए ।
 गाँउ विकास समितिमा हुने जमघट र स्वास्थ्य संस्थामा आउने सेवाग्राही फरक प्रकृतिका हुने हुदां खास गरी किशोर किशोरी र प्रसुती जाँच तथा सुत्केरी हुन आउनहरुलाई अफ्ठ्यारो परेको छ । दैनिक ज्वरो, खोकी, घाउ, चोटपटक, झाडापखाला, आँउ लगायतका साधरण स्वास्थ्य सेवा लिन दैनिक ४५ देखि ५० जना आउने गरेको तिवारीले बताए । प्रसुती जाँच गराउन मानिक २० देखि २५ जना आंउने गरेको त्यांक छ । ४ कोठा र १ तालिम हल रहेको गाँउ विकास समिति भवनमा गाविसको दैनिक कार्य सम्पादन, उप–स्वास्थ्य चौकीको सेवा, अतिरिक्त हुलाक, सामादायिक अध्ययन केन्द्र र तालिम वैठक सञ्चालन हुदै आएको छ । जनताहरुले सर्वशुलभ रुपमा स्वास्थ्य सेवा लिन पांउने अधिकार सुरक्षित गराउन सरकारले स्वास्थ्य चौकी भवन निमार्ण गरिदिन पर्ने उप–स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र कुमार बस्नेतको माग छ । भवन निमार्ण गर्न स्थानीय गगन सिं बस्नेतले १ रोपनी जग्गा समेत स्वास्थ्य चौकीको नाममा नामसारी गरिदिएका छन् । भवन निमार्णका लागि स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा पहल भईरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महमद दाउदले बताए कारोवार डेलि डट कमले खवर लेखेको छ ।