पुस्तकालय वनेपछि चण्डेश्वरीका बालबालिकामा खुशीयाली ल्यायो

519 पटक पढिएको

सम्पादक: Dhadingnews.com

IMG_4137 (1)ज्यामरुङ –बिद्यालयहरुमा पुस्तकालयको कारण बालबालिकाहरुमा खुशयिाली मनाएका छन् । धादिङ जिल्लाको मध्य क्षेत्रमा पर्ने ज्यामरुङ गाउँ विकास समितिको चण्डेश्वरी निम्न माध्यमिक बिद्यालय ज्यामरुङ ४ मा शुक्रबार पुस्तकालय स्थापना भए पछि बालबालिकाहरुमा खुशीयाली आएको हो ।
रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र प्रयास नेपाल धादिङले जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिको कार्यालयसँगको समन्वय र सहकार्यमा बिद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरेपछि बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले खुशीयाली साटासाट गर्दै आजबाट नै पुस्तक घर लगेर समेत पढने कक्षा ७ अध्ययनरत एक छात्राले बताईन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा जग्जादाता बयोबृद्ध मान कुमारी पाठकको प्रमुख आतिथ्यतामा बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालयमा पुस्तकालय उद्घाटन गरिएको हो ।
कार्यक्रमका बिशेष अतिथि गैर सरकारी संस्था महासंघका अध्यक्ष एवं प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यालयमा पुस्तकालयको व्यवस्थापन,महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्य पुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनु पर्ने र बालबालिकाहरुको शिक्षण सिकाईलाई केन्द्रित गरी बिद्यालयका क्रियाकलापहरु संचालन गर्न शिक्षकहरुलाई सुझाव दिनु भएको थियो । प्रधानाध्यपक तोयनाथ पाठकले बिद्यालयमा पुस्तकालय स्थापना पछि बिद्यार्थीहरुमा आएको सकारात्मक परिर्वतनले शैक्षिक उपलब्धी बृद्धि गर्न सहयोग पुग्न बताउनु भएको छ ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,छिमेकी बिद्यालयका प्रधानाध्यपक लगायत अन्य अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुस्तकालय कार्यक्रम अन्र्तगत बिद्यालयमा ११ सय भन्दा बढी पुस्तकहरु सहित शैक्षिक सामाग्री र पोष्टर र काठबाट निर्मित सामाग्री र शिक्षक तालीम र गतिविधी संचालनको लागि प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।