चट्याङ लागेर धादिङमा एकको मृत्यु, चारजना घाइते  

825 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ, १४,आषाढ । चट्याङले लागेर धादिङको सत्यदेवी गाविस वडा नम्बर ३ गोईसीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । आज विहान घरमा बसिरहेको अवस्थामा चट्याङ १४ वर्षिय पुर्ण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सोही ठाउँका दिमा गुरुङ, सुन्दरी गुरुङ, देशी माया तामाङ र विन्दा तामाङ घाइते भएकाछन् । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ