एमालेको केन्द्रिय समितिमा धादिङका १२ जनाको उम्मेदवारी

920 पटक पढिएको

सम्पादक: Dhadingnews.com

923279_101114593429286_1863596947_n 10511087_789264067797386_4500618561177358301_nधादिङ-काठमाण्डौंको भृकुटी मण्डपमा जारी रहेको नेकपा एमालेको नवौं महाधिवेशनका लागि धादिङ जिल्लाका १२ जनाले उम्मेदवारी घोषणा गरेका छन । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा गजुरीका राजेन्द्र पाण्डे उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव,वेनिघाटका डाक्टर पुष्प कंडेल केन्द्रिय लेखा आयोगको अध्यक्ष,कल्लेरीका गंगालाल तुलाधर केन्द्रिय सदस्य ( पूर्ण तर्फ),भुमेस्थानका बलराम बांस्कोटा केन्द्रिय सदस्य (खुल्लातर्फ) र सावित्री भुसाल महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्य, ढोलाकी जानुका सिम्खडा महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्य,चैनपुरका खेम लोहनी र गुरुप्रसाद वुर्लाकोटी बैकल्पिक केन्द्रिय सदस्य पदको उम्मेदवार वन्नु भएको छ ।10525583_587087891405499_7994647484865711799_n - Copy 941176_4675713502634_937893799_nत्यसैगरी धुंवाकोटका डाक्टर रामकुमार अधिकारी अनुशासन आयोगको सदस्य,वेनिघाटका मिनराज कंडेल र खाल्टेका चन्द्र रिजाल केन्द्रिय लेखा आयोगको सदस्य पदको उम्मेदवार वन्नु भएको छ । 10525583_587087891405499_7994647484865711799_nउपाध्यक्ष पदका उम्मेदवार राजेन्द्र पाण्डे र महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डे दाजुभाई हुनुहुन्छ । राजेन्द्र धादिङ क्षेत्र नम्बर ३ वाट र सुरेन्द्र चितवन क्षेत्र नम्बर १ वाट संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । खुल्ला तर्फका केन्द्रिय सदस्य उम्मेदवार वलराम वांस्कोटा र महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्यपदका उम्मेदवार वन्नु भएका सावित्री भुसाल श्रीमान श्रीमती हुनुहुन्छ । 1483438_10204182742352073_65328880608798620_n वास्कोटा किसान क्षेत्रवाट र भुसाल महिला क्षेत्रवाट राजनितिमा सक्रिय हुनुहुन्छ । राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे, गंगालाल तुलाधर र डाक्टर पुष्प कंडेल निवर्तमान केन्द्रिय समितिको पोलिटव्युरो सदस्य हुन भने अन्य उम्मेदवार भने केन्द्रिय समितिका लागि नयाँ अनुहार हुन । 1888691_583137845111941_2058658356_nउम्मेदवार वनेका मध्ये डाक्टर पुष्प कंडेल, वलराम बांस्कोटा, सावित्री भुसाल, जानुका सिम्खडा,खेम लोहनी र चन्द्र रिजाल केपि समुहका हुन भने राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे,गंगालाल तुलाधर,मिनराज कंडेल,डाक्टर रामकुमार अधिकारी र गुरु वुर्लाकोटी नेपाल समुहका हुन ।