दरै बस्तिमा खाने पानी व्यवस्थापन गर्न दोहामा पुगेका सल्यानटारवासीको सहयोग

914 पटक पढिएको

सम्पादक: Dhadingnews.com

1526654_787296197950590_1964134281_nधादिङ–धादिङ सल्यानटार सेवा समाज दोहा कतारले सामाजिक कार्य अन्र्तगत सल्यानटारका विपन्न समुदायलाई आर्थिक सहयोग प्रदान गरेका छन । रोजगारीको सिलसिलामा खाडी मुलुक दोहामा पुगेका धादिङको सल्यानटार गाविसका वासिन्दाहरुको सक्रियतामा उक्त संस्था स्थापना भएको हो ।
कतार स्थित नेपाली राजदुताबासमा दर्ता गरी संचालनमा आएको उक्त संस्थाले आफ्ना सदस्यहरुले स्वइच्छाले प्रदान गरेको रकम संकलन गरेर सामाजिक हितका कार्य गर्दै आईरहेको संस्थाका अध्यक्ष गणेश पाठकले जानकारी दिनु भयो ।
धादिङको सल्यानटार तथा आसपासका गाबिस बाट रोजगारीको लागि कतार पुगेकाहरुलार्ई आपतबिपतपर्दा सहयोग गर्नु र अप्ठेरो अवस्थामा रहेकाहरुलाई नेपाल सम्म सुरक्षित ढंगले फिर्ती गराउनु संस्थाको मुख्य उद्धेश्य भएको अध्यक्ष पाठकले वताउनु भयो । यसैक्रममा गत बर्ष भाद्र महिनामा आगिन्चोक गा. बि. स. वडा न.ं १ का अनिल पाण्डे लाई संस्थाले नेपाल फिर्ती गराउन हवाई टिकट खरिद गरेर सहयोग गरेको र यस बर्ष सल्यानटार गाबिस वडा न.ं २ को खुंगागाउ‘ं दरै बस्तिमा खाने पानी व्यवस्थापन गर्न आर्थिक सहयोग उपलव्ध गराएको छ । खानेपानीको समस्या झेल्दै आईरहेका स्थानीय दरै समुदायको सहयोगका लागि संस्थाको कोषवाट पचास हजार एक रुपैया र सहयोगीहरुबाट संकलित पैतालिस हजार ६ सय ८३ रुपैया समेत गरी ९५ हजार ६ सय ८४ रुपैया समुदायलाई उपलव्ध गराएको संस्थाका अध्यक्ष पाठकले धादिङ न्युजलाई वताउनु भयो ।
असार २८ गते शनिबार सल्यानटार गाविसकोे खुंगा गाउमा एक कार्यक्रम आयोजना गरी सस्थाका उपाध्यक्ष भुवनकुमार श्रेष्ठ संस्थापक सदस्यद्धय हरी उप्रेती,नारायण उपे्रती लगायतको उपस्थितीमा खुंगागाउखाने पानी समितीका अध्यक्ष जुक्तबहादुर दरैलाई रकम हस्तान्तरण गरिएको हो ।