वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि

588 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं–चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु सात खर्ब ३० अर्ब ८१ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिनुभयो । समीक्षा अवधिमा कुल निकासी १७.२ प्रतिशतले वृद्धि भई रु ८१ अर्ब ८२ करोड तथा कुल पैठारीमा १८.७ प्रतिशतले वृद्धि भई रु छ खर्ब ४८ अर्ब ९९ करोड पुगेको उहाँले उल्लेख गर्नुभयो । परिणामतः आर्थिक वर्ष २०७०÷७१ को प्रथम एघार महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा रु पाँच खर्ब ६७ अर्ब १७ करोड पुगेको छ ।