विश्वकप २०१४ को उपाधि जर्मनीलाई-फाइनलमा अर्जेन्टिना १-० ले पराजित

918 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

रियो दी जेनेरियो, असार ३०(एजेन्सी)- ब्राजिलमा सम्पन्न २० औ संस्करणको विश्वकपको उपाधि जर्मनीले जितेको छ।

रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको अत्यान्त रोमाञ्चक खेलमा अर्जेन्टिनालाई १-० गोल अन्तरले हराउँदै चौथो पटक विश्वकपको उपाधि उचालेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको समयको ११३औ मिनेटमा आकर्षक गोल गर्दै मारियो गोतेजले जर्मनीलाई विश्वकपको उपाधि दिलाए।

खेलमा दुवैले उत्कृष्ट खेल खेले। गोलका केही अवसरहरु सिर्जनासमेत गरेका थिए। तर, गोलको खाता खोल्न भने सकेनन्। त्यसैले रोमाञ्चक प्रतिस्पर्धा  बराबरीमै टुंगियो ।

जर्मनीका पहिलो रोजाईका मिडफिल्डर सामी केडिरालाई चोटका कारण गुमाएको जर्मनीले उनको स्थानमा आएका क्रिस्टोफ क्रेमर पनि चोट बोक्दै ३२ औं मिनेटमै बाहिरिएका थिए।

उनको स्थानमा आन्द्रे सर्ले खेलेपछि जर्मन टिम अझ आक्रमक देखिएको थियो।

यसअघि आयोजक आयोजक ब्राजिललाई ७-१ गोलले फराकिलो अन्तरले हराउँदै जर्मनीले फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पन्छाएको हो।

यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ।

goal11सेतोपाटी डट कमवाट