महिला सम्पादक­ रहेका पत्रिकाहरुको अवस्था अध्ययन गरिने

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (3)काठमाण्डौं–महिलाहरुद्वारा प्रकाशित÷सम्पादित पत्रपत्रिकाको अवस्था अध्ययन गर्न सैद्धान्तिक सहमती भएको छ । नेपाल पत्रकार महासंघ महिला विभाग र क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) का पदाधिकारीको साउन ९ गते राजधानीमा भएको छलफलमा महिलाद्वारा प्रकाशित÷सम्पादित पत्रपत्रिकाको अवस्था अध्ययन गर्न सैद्धान्तिक सहमती भएको हो । महिला नै मुख्य सम्पादक र प्रकाशक रहेका पत्रपत्रिकाहरुको अवस्था पत्ता लगाईने पत्रकार महासंघका महिला विभाग संयोजक संगिता खड्काले बताउनुभयो । खड्काले अध्ययनपछि प्रेस काउन्सिल नेपाललगायत संचार सम्बद्ध सरकारी निकायहरुलाई समावेशी बनाउन पहल गरिने पनि बताउनुभयो । महिला सम्पादक तथा प्रकाशक रहेका पत्रपत्रिकाहरु वर्गीकरणको कुन तहमा छन् ? ती पत्रिकाहरुको बजार अवस्थालगायतका विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् । छलफलमा सहभागि कैलालीबाट प्रकाशित हुने मर्निङ् बेल दैनिककी सम्पादक÷प्रकाशक लोग्शरी कुँवरले सानो लगानी र कडा परिश्रमबाट संचालित महिलाका संचार माध्यमहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महिला सम्पादक प्रकाशक रहेका पत्रिकाहरुसँग केही समय राज्यले सकारात्मक विभेदको नीति लिएर काम गर्नुपर्ने बताउनुभयो ।