नुवाकोटमा जग्गाको मूल्य १० प्रतिशतसम्म वृद्धि 

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

480X320_1304ca5ad2b9f793d4108095cbf3b256नुवाकोट-नुवाकोटको विदुर नगरपालिका क्षेत्र भित्रको जग्गाको मूल्य १० प्रतिशत र गाविसको जग्गाको मूल्य पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्लास्तरीय घरजग्गामूल्य न्युनतम मुल्याङ्ककन समितिले बढ्दो बजार महङ्गी, विभिन्न सरोकारवालाको सुझाव तथा अहिलेको किनबेचको अवस्थालाई विश्लेषण गर्दै नयाँ आर्थिक वर्षसँगै लागु हुने गरी जग्गाको मूल्यमा नगरपालिका क्षेत्रमा १० र गाविसमा ५ प्रतिशतले वृद्धि गरेको हो । मालपोत कार्यालयबाट गरिने रजिष्ट्रेशन प्रयोजनको थैली अङ्क कायम गर्ने सम्बन्धमा समितिले जिल्लामा रहेका जग्गालाई वर्गीकरण गर्दै मुल्याङ्कनमा वृद्धि गरेको समितिका सदस्य सचिव तथा प्रमुख मालपोत अधिकृत पृथबहादुर केसीले जानकारी दिनुभयो । जग्गाको न्युनतम मुल्याङ्कन समितिले ग्रामीण क्षेत्रमा कच्ची सडकको पहुँचलाई समेत स्पष्ट पारी नयाँ मूल्य निर्धारण गरिएको केसीले जानकारी दिनुभयो ।