सिनेमा प्रवद्र्धन गर्न ताण्डवले थाल्यो डिजिटल गेम

616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tandab gameकाठमाण्डौं–सिनेमा ताण्डवले प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको गेम लन्च गरेको छ । भदौ ६ गते रिलिज हुने सिनेमाको यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । पोस्टरमाथि गेम खेल्न सकिनेछ ।
मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई तीव्र तुल्याएको छ । गेममा रिलिज डेट, कलाकारको अनुहार, फिल्मको नामलगायतका कुरा भर्नुपर्नेछ । स्म्यासिङ एप्पलको यो सिनेमामा आशिष राना लाउरे, नम्रता श्रेष्ठ, अनुप बराललगायतको अभिनय छ ।