अबैध वालुवा खानी वन्द,अनुगमन तिव्र

773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_3845 - Copy copyधादिङ,- अबैध रुपमा संचालित वालुवा प्रशोधन गर्ने फिरफिरे र क्रसर वन्द गर्ने निर्णय कडाईका साथ लागु गर्न जिल्ला अनुगमन समितिले सक्रियता बढाएको छ ।
ढुङ्गा,गिटी,वालुवा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको सोमवार धादिङबेसीमा बसेको बैठकले जिल्ला भित्र अबैध रुपमा संचालित वालुवा उद्योगहरु तत्काल वन्द गराउने निर्णय गरेको थियो । जिल्ला अनुगमन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको संयोकत्वमा वसेको अनुगमन समितिको बैठकले दर्ता नभई अवैध रुपमा संचालनमा रहेका वालुवा प्रशोधन गर्ने उद्धेश्यका उद्योगहरु (फिरफिरे) वन्द गराउने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन गराउन जिल्ला अनुगमन समिति स्थलगत अनुगमनमा खटिएको हो ।
जिल्लाको बैरेनी, पिडा र गजुरी गाविसमा गरी ७३ वटा वालुवा प्रशोधन गर्ने फिरफिरे अवैध रुपमा संचालनमा रहेको पाईएपछि जिल्ला अनुगमन समितिको वैठकले त्यस्ता अबैध खानी तथा क्रसर तत्काल वन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नेपालले वताउनु भयो । अनुगमनका क्रममा कुनै पनि फिरफिरे संचालनमा नरहेको पाईएपनि कुम्पुर गाविसमा संचालित खानीवाट भने वालुवा उत्खनन भईरहेको पाईएको अनुगमन समितिले जनाएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको संयोजकत्वमा गएको अनुगमन टोलीले गजुरी, पिडा,वैरेनी र गोगनपानी गाविस क्षेत्रमा संचालित क्रसर तथा फिरफिरेको अनुगमन गरेको हो । जिल्लाका विभिन्न स्थानमा ४३ जना संचालकले ७३ वटा अबैध फिरफिरे र ३१ वटा क्रसर अवैध रुपवाट संचालन गरिरहेको पाईएपछि ति सवै वन्द गराईएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनु भएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार कुनै पनि उद्योग,व्यवसाय कानुन वमोजिम दर्ता गरी संचालन गर्नु पर्नेमा ४३ जना संचालकले कुनै पनि निकायमा दर्ता समेत नगरी ७३ वटा फिरफिरे संचालन गरिरहेको पाईएकाले त्यस्ता उद्योग वन्द गर्न अनुगमन समिति मार्फत निर्णय गरिएकोले निर्णय कार्यान्वयन गर्न अनुगमन कार्यलाई तिव्र पारिने प्रमुख जिल्ला अधिकारी नेपालले वताउनु भएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले अबैध रुपमा संचालित चारवटा र अन्य ३१ वटा क्रसर उद्योगलाई पनि वन्द गर्न पत्राचार गरेको थियो । पटक पटक लिखित तथा मौखिक निर्देशन दिंदा पनि अटेर गरी अबैध ढंगवाट क्रसर तथा वालुवा उद्योग संचालन हुनेक्रम बढेपछि जिल्ला अनुगमन समितिले यस्ता व्यवसाय तत्काल वन्द गर्न दिईएको निर्देशन कार्यान्वयन भए नभएको जानकारी लिनका लागि व्यवसाय संचालित क्षेत्रमा प्रहरी गस्ति बढाउनुका साथै जिल्ला स्तरीय अनुगमन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ ।
धादिङ जिल्लामा ३१ वटा क्रसर उद्योग मापदण्ड विपरीत संचालन भईरहेको र चारवटाले कानूनी प्रक्रिया समेत पुरा नगरी उद्योग चलाईरहेको पाईएपछि ति सवैक्रसर लाई पनि वन्द गर्न पत्र दिईएको बरिष्ठ उद्योग विकास अधिकृत शोभाकर गौतमले वताउनु भयो । गौतमका अनुसार चण्डिका कंक्रिट प्रा.लि. थांक्रे–४,शिलादेवी क्रसर उद्योग प्रा.लि.भुमस्थान–४,वान्ली स्याडवासिङ प्रा.लि. गोगनपानी–१र एलएम क्रसर प्रा.लि.ज्यामरुङ –६ कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग दर्ता नगरी अबैध रुपमा संचालनमा रहेको पाईएको गौतमले वताउनु भयो । राजमार्ग र नदी,मठ मन्दिर ,बिद्यालय तथा स्वास्थ्य संस्थाको ५०० मिटर पर राखेर मात्र वालुवा प्रशोधन गर्ने फिरफिरे संचालन गर्नु वर्ने भएपनि धादिङ जिल्लामा संचालित सवै फिरफिरे कानूनी मान्यता विपरित संचालन हुंदै आईरहेका छन । औद्योगिक मान्यता पुरा गर्दा कर तिर्नुपर्ने भएपछि यसैगरी कुटानी पिसानी मिल दर्ता गरी सोही नाममा विद्युत्त सुविधा लिएर फिरफिरे संचालन हुंदै आईरहेका छन ।