ऊर्जा सम्झौता गर्न खुट्टा नकपाउँन अर्थविद् तथा उद्योगीहरुको आग्रह

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

unnamedकाठमाडौ-अर्थविद् तथा उद्योगीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकोबेला नेपालले ऊर्जा सम्झौता गर्न खुट्टा कपाउँन नहुने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको आसन्न भ्रमणबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लिने अवसरका विषयमा मिडिया इन्टरनेशलनले अनामनगरका बुधवार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको आर्थिक आर्थिक विकासका सन्दर्भमा हुने जुनसुकै सम्झौताहरु सरकारले साहसपूर्वक गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पीटीए (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट) सम्झौता गर्न सरकारले खुट्टा कपाउँन नहुने बताए । पीटीए भनेको माछा नभई माछा मार्ने जाल भएको उनको टिप्पणी थियो । वर्तमान सरकार निर्वाचित सरकार भएकाले सरकारले सोंच विचार र साहसपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए । मुलुकमा सवै भन्दा ठूलो विश्वासको संकट देखापरेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री कोइरालाले जनताबाट विश्वास लिएर निर्वाचित सरकार भएकोले सरकारको विश्वास गर्नुपर्ने उल्लेख गरे ।
पूर्वअर्थमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणको अवसरमा विजुली, विकास, ब्यापार र पर्यटनको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।
यस्तै, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपाल–भारतबीच निजी क्षेत्रबीचमा सहकार्य गरेर अगाडी बढेमा नेपाललाई फाइदा हुने बताए । दुई देशबीच सद्भाव र सहकार्यबाट मात्रै अगाडी बढ्न सकिने उनको भनाई छ । मोदी भ्रमणको अवसरमा पावर ट्रडिङ् एग्रिमेन्ट, ट्रान्स मिशन लाईनको ब्यवस्था र दुवै देशलाई फाइदा हुने गरि ऊर्जा सम्झौता गरिनुपर्नेमा जोड दिए ।
यसैगरि अर्थविद् तथा राष्ट्रिय योजना आयोगका सदस्य डा.चन्द्रमणी अधिकारीले अहिलेको अवस्थामा जलविद्युत सम्झौता अपरिहार्य रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले खुल्लामञ्चमा उभिएर विरोध गर्नु भन्दा गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै नेपाल चेम्बर अफ कर्मर्शका महासचिव कमलेश कुमार अग्रवालले नेपाल–भारत ब्यापार असन्तुलन तीब्र गतिले अगाडी बढेकोले यसतर्फ ध्यान दिनुपर्ने बताए । मुलुकको आर्थिक विकासको सवालमा कसैले पनि राजनीति गर्न नहुनेमा अग्रवालको जोड थियो ।